३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कर्णाली–सुदूरपश्चिममा आयुर्वेद औषधि उत्पादन केन्द्र विकास गर्न मन्त्रालयको योजना

कर्णाली–सुदूरपश्चिममा आयुर्वेद औषधि उत्पादन केन्द्र विकास गर्न मन्त्रालयको योजना
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेद औषधिको अनुसन्धान र उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

फार्मा एक्स्पोमा उद्योगी र व्यवसायीहरूलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनिन्, “नेपालका हिमाली तथा उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन सोच छ।”

उनका अनुसार एलोपेथिक (आधुनिक) औषधिको उत्पादन मुख्य रूपमा मध्य र पूर्वी नेपालमा केन्द्रित रहेकाले अब आयुर्वेदलाई पश्चिम नेपालमा विस्तार गर्नुपर्ने आवश्यकता छ। यसले देशको सन्तुलित विकासमा सहयोग पुर्‍याउने र नेपाललाई आवश्यक पर्ने सबै प्रकारका औषधि स्वदेशमै उपलब्ध गराउने विश्वास मन्त्री गौतमले व्यक्त गरिन्।

हालै जुम्लाको भ्रमणपछि फर्किनुभएका मन्त्रीले भनिन्, “हाम्रो जडीबुटी सबै हिमालमा पाइन्छ। जुम्लास्थित मेडिकल कलेज र इन्स्टिच्युटहरूमा आयुर्वेदिक अनुसन्धान र खोजलाई तीव्रता दिनुपर्छ। अहिले अधिकांश औषधि उद्योग र प्रयोगशालाहरू बारा, पर्सा र गण्डकी प्रदेशमा केन्द्रित छन्। अब आयुर्वेदिक उत्पादनलाई पश्चिम, सुदूरपश्चिम र कर्णालीतिर विस्तार गर्नुपर्छ। यहाँ आधुनिक औषधि बन्छ, त्यहाँ आयुर्वेदिक औषधि। अनि हामीलाई चाहिने सबै कुरा यहीँ पाउँछौँ। नेपालको भविष्यको चित्र मेरो आँखामा बत्ती जस्तै उज्यालो देखिन्छ।”

मन्त्री गौतमले आयुर्वेद, भेटेरिनरी र श्रृङ्गार प्रसाधनका क्षेत्रमा पनि राम्रो सम्भावना रहेको उल्लेख गर्दै उद्योगीहरूलाई अनुसन्धानमा लगानी बढाउन र स्थानीय कच्चा पदार्थको अधिकतम उपयोग गर्न आग्रह  गरिन् । उनका अनुसार सबैले एउटै दृष्टिकोण बनाएर काम गरे नेपाल छिट्टै औषधि र जडीबुटीको क्षेत्रमा विश्वमै चिनिनेछ।