३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाली औषधि उद्योगलाई ‘जस्ट पास’बाट ‘डिस्टिङ्सन’मा पुर्‍याउने सरकारको लक्ष्य, आत्मनिर्भर बन्न आग्रह

नेपाली औषधि उद्योगलाई ‘जस्ट पास’बाट ‘डिस्टिङ्सन’मा पुर्‍याउने सरकारको लक्ष्य, आत्मनिर्भर बन्न आग्रह
अ+ अ-

काठमाडाैँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई ‘म्यासिभ प्रोडक्सन’ (व्यापक उत्पादन) तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गरेकी छन् ।

नेपालमा औषधि उद्योगको धेरै विकास भएपनि अझै थुप्रै काम गर्न बाँकी रहेको भन्दै उहाँले सरकारले यस क्षेत्रलाई आक्रामक रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् । फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

हाल नेपालमा करिव ८८ वटा औषधि उत्पादक कम्पनीहरू रहेको र तीमध्ये ५० वटाले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ जिएमपी) प्रमाणपत्र पाएको बताइन् । उनले यसलाई अझै परिष्कृत गर्नुपर्ने बताइन् । आफू विगतमा स्वास्थ्य सचिव हुँदा पनि औषधि उत्पादक संघ (एपोन) लगायतका संस्थाहरूलाई उत्पादन बढाउन आग्रह गरेको स्मरण गर्दै उनले उद्योगहरू ‘अन्डर प्रोडक्सन’ (कम उत्पादन) मा बस्न नहुने बताइन् ।

मन्त्री भएर आउनासाथै आफूले एपोन, एनसिडिए लगायतका सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको र उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको उनले बताइन् ।उनले नेपालका केही निजी क्षेत्रका प्रयोगशालाहरू ‘स्टेट अफ द आर्ट’ (अत्याधुनिक र उत्कृष्ट) रहेको भन्दै प्रशंसा समेत गरिन्। निजी क्षेत्रले गरिरहेको राम्रो कामलाई सरकारले नीतिगत रूपमै संरक्षण गर्ने र गुणस्तरमा कुनै सम्झौता नगरी अगाडि बढ्ने मन्त्री गौतमको भनाइ छ ।