३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ओलीले भनेः जनताको फैसला शिरोधार्य गर्छु

ओलीले भनेः जनताको फैसला शिरोधार्य गर्छु
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका हुन्।

झापा–५ बाट उम्मेदवार बनेका ओली यसपटकको निर्वाचनमा पराजित भएका छन्। परिणाम सार्वजनिक भएपछि उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भन्दै त्यसलाई शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा उनले सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। जनताको विश्वास नै आफ्नो शक्ति र साथ नै आफ्नो ताकत भएको उनको भनाइ छ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव भने कमजोर नहुने उनले बताएका छन्। जनताकै बिचमा रहेर जनताकै लागि काम गर्दै विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।