१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली युवतीसँग सम्बन्धविच्छेद गर्नुपर्दा सन् ९९९९ सम्म देश छाड्न नपाउने



अ+ अ-

तेल अभिभ । एक अष्ट्रेलियाली पुरुषका लागि इजरायलमा ठूलो समस्या भएको छ । सम्बन्धविच्छेदसम्बन्धी अनौठो कानूनका कारण ती अष्ट्रेलियाली पुरुषलाई सन् ९९९९ सम्म इजरायल छाड्न प्रतिबन्ध लगाइएको छ । उक्त व्यक्तिको नाम नोम हुपर्ट (४४) हो । नोम हुपर्ट या त डिसेम्बर ३१, ९९९९ सम्म इजरायलमै बस्नेछन् वा आफ्नो बच्चाको पालन पोषणका लागि भविष्यमा २९ करोड १० लाख ४० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

आफ्ना बच्चासँग अधिक नजिक हुन सकियोस् भने नोम हुपर्ट सन् २०१२ मा इजरायल आएका थिए । यसअघि उनकी पूर्वपत्नी इजरायल आएर बसेकी थिइन् । त्यसपछि उनकी पूर्व पत्नीले इजरायली अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । सन् २०१३ मा नोमलाई इजरायली अदालतले देश छोड्न प्रतिबन्ध लगाएको थियो। नोमले हरेक महिना पाँच हजार इजरायली मुद्रा ‘भविष्यको ऋण’ का रुपमा तिर्नुपर्ने अदालतले फैसला गरेको थियो । 

धेरै विदेशीहरू इजरायली न्याय प्रणालीको शिकार

छोराछोरी १८ वर्ष नपुग्दासम्म नोमले हरेक महिना पाँच हजार इजरायली मुद्रा तिर्नुपर्नेछ। यसको अर्थ चाहे काममा होस् वा बिदामा, नोमले कुनै पनि कारणले इजराल छोड्न सक्तैनन् । नोमले भने, “म सन् २०१३ देखि इजरायलमा फसेको छु ।” उनले इजरायली न्याय प्रणालीको शिकार भएका धेरै विदेशी नागरिकमध्ये आफू पनि रहेको दाबी गरे।

नोम हुपर्टले इजरायली केटीसँग विवाह गरेको कारणले मात्र यस्तो भएको बताए । अस्ट्रेलियाली नागरिक नोम एक औषधि कम्पनीमा केमिस्ट हुन्। उनले अष्ट्रेलियामा यस जीवन–धम्कीपूर्ण अनुभवसँग सङ्घर्ष गरिरहेकाहरूलाई मद्दत गर्न आफ्नो कथा साझा गरिरहेको बताए। इजरायलमा सम्बन्ध विच्छेदको कानूनअन्तर्गत महिलाले आफ्नो बच्चाको बुबाको यात्रामा प्रतिबन्ध लगाउन सक्छिन् ता कि उनीहरूले भविष्यमा बच्चा हुर्काउन आवश्यक पर्ने पैसा पाउन सकून्। बच्चाको बुबालाई २१ दिनसम्म जेल सजाय हुनसक्छ । यति मात्र होइन उनले आफ्नो आम्दानीको शतप्रतिशत बच्चाको पालनपोषणका लागि दिनुपर्ने हुन्छ ।