१६ श्रावण २०८३, शनिबार
,
Latest
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वबाट २० हजार फ्रान्सेली नागरिक स्वदेश फर्किए



अ+ अ-

फ्रान्स। फेब्रुअरी २८ मा युद्ध सुरु भएयता मध्यपूर्वबाट करिब २० हजार नागरिकलाई स्वदेश फर्काइएको फ्रान्स सरकारका प्रवक्ता माउड ब्रेजनले बुधबार जानकारी दिनुभएको छ ।

इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीच युद्ध सुरु हुँदा लगभग चार लाख फ्रान्सेली नागरिकहरू खाडी र मध्य पूर्वका देशहरूमा बसिरहेका थिए वा भ्रमण गरिरहेका थिए ।

सरकारको पहलमा ‘चार्टर्ड’ उडानमार्फत करिब २० हजार नागरिकहरूको फिर्ता भएकमो र थप १७,००० मध्य पूर्व र फ्रान्सबीचको व्यावसायिक सामुद्रिक मार्गहरू भएर फर्किएका ब्रेजनले क्याबिनेट बैठकपछि पत्रकारहरूलाई बताउनुभयो ।

“बुधबारसम्म २० हजार भन्दा बढी मानिसहरू फ्रान्सेली भूमिमा फर्किएका छन्,” उहाँले थप्नुभयो ।

फ्रान्सका विदेशमन्त्रीले साताको अन्त्यसम्ममा थप नौ वटा चार्टर्ड उडान गर्ने बताउनुभएको छ।

“यस हप्ता मध्य पूर्वबाट प्रस्थान गर्ने व्यावसायिक उडानहरूमा थप ३० हजारसीटहरू फ्रान्स फर्कन चाहने फ्रान्सेली नागरिकहरूको लागि उपलब्ध हुनेछन्,” विदेशमन्त्री जोएल–नोएल बारोटले प्रसारक फ्रान्स २ सँग भन्नुभयो । (रासस/एएफपी)