२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

इजरायली युवतीसँग सम्बन्धविच्छेद गर्नुपर्दा सन् ९९९९ सम्म देश छाड्न नपाउने

इजरायली युवतीसँग सम्बन्धविच्छेद गर्नुपर्दा सन् ९९९९ सम्म देश छाड्न नपाउने
अ अ+ अ-

तेल अभिभ । एक अष्ट्रेलियाली पुरुषका लागि इजरायलमा ठूलो समस्या भएको छ । सम्बन्धविच्छेदसम्बन्धी अनौठो कानूनका कारण ती अष्ट्रेलियाली पुरुषलाई सन् ९९९९ सम्म इजरायल छाड्न प्रतिबन्ध लगाइएको छ । उक्त व्यक्तिको नाम नोम हुपर्ट (४४) हो । नोम हुपर्ट या त डिसेम्बर ३१, ९९९९ सम्म इजरायलमै बस्नेछन् वा आफ्नो बच्चाको पालन पोषणका लागि भविष्यमा २९ करोड १० लाख ४० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

आफ्ना बच्चासँग अधिक नजिक हुन सकियोस् भने नोम हुपर्ट सन् २०१२ मा इजरायल आएका थिए । यसअघि उनकी पूर्वपत्नी इजरायल आएर बसेकी थिइन् । त्यसपछि उनकी पूर्व पत्नीले इजरायली अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । सन् २०१३ मा नोमलाई इजरायली अदालतले देश छोड्न प्रतिबन्ध लगाएको थियो। नोमले हरेक महिना पाँच हजार इजरायली मुद्रा ‘भविष्यको ऋण’ का रुपमा तिर्नुपर्ने अदालतले फैसला गरेको थियो । 

धेरै विदेशीहरू इजरायली न्याय प्रणालीको शिकार

छोराछोरी १८ वर्ष नपुग्दासम्म नोमले हरेक महिना पाँच हजार इजरायली मुद्रा तिर्नुपर्नेछ। यसको अर्थ चाहे काममा होस् वा बिदामा, नोमले कुनै पनि कारणले इजराल छोड्न सक्तैनन् । नोमले भने, “म सन् २०१३ देखि इजरायलमा फसेको छु ।” उनले इजरायली न्याय प्रणालीको शिकार भएका धेरै विदेशी नागरिकमध्ये आफू पनि रहेको दाबी गरे।

नोम हुपर्टले इजरायली केटीसँग विवाह गरेको कारणले मात्र यस्तो भएको बताए । अस्ट्रेलियाली नागरिक नोम एक औषधि कम्पनीमा केमिस्ट हुन्। उनले अष्ट्रेलियामा यस जीवन–धम्कीपूर्ण अनुभवसँग सङ्घर्ष गरिरहेकाहरूलाई मद्दत गर्न आफ्नो कथा साझा गरिरहेको बताए। इजरायलमा सम्बन्ध विच्छेदको कानूनअन्तर्गत महिलाले आफ्नो बच्चाको बुबाको यात्रामा प्रतिबन्ध लगाउन सक्छिन् ता कि उनीहरूले भविष्यमा बच्चा हुर्काउन आवश्यक पर्ने पैसा पाउन सकून्। बच्चाको बुबालाई २१ दिनसम्म जेल सजाय हुनसक्छ । यति मात्र होइन उनले आफ्नो आम्दानीको शतप्रतिशत बच्चाको पालनपोषणका लागि दिनुपर्ने हुन्छ ।