२० भाद्र २०८३, शनिबार
,
Latest
आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुरयाउने’



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुरयाउने बताउनुभएको छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् आज यहाँ धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले लोकतन्त्रको स्वस्थता र सवलताका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

जनताको इच्छा, चाहना र आवश्यकता अनुसार नयाँ नेतृत्व र नीतिहरुको निर्माण एवं परिवर्तन गर्न, समाजमा शान्ति तथा स्थिरता कायम राख्न आवधिक निर्वाचनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

लोकतन्त्रको संस्थागत विकास गर्न निर्वाचनको आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री शाहले निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको उल्लेख गर्नुभयो ।

सामाजिक न्याय, पारदर्शीता, राजनीतिक, प्रशासनिक एवं संस्थागत सुधार र सुशासनको तीव्रतापूर्ण माग उठान भएको वर्तमान परिवेशमा विविध समस्या, चुनौती तथा अभावबीच संविधानको रक्षा गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित, मर्यादित रुपमा सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नु भएकामा उहाँले राष्ट्रपति र प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।