१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन



अ+ अ-

काठमाडौ  । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु भएको बन्दसत्रमा उहाँले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको हो । उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन ।

अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नुहुनेछ । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा  गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहनुभएको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।