२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भयानक चिसो: काठमाडौँको तापक्रम १ डिग्री, जु्म्लामा पुग्यो माइनस ६



अ+ अ-

काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ। काठमाडौंको तापक्रम आज यस वर्षकै कम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। यसअघि हिजो काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो।मौसमविद् पौडेलकाअनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ।

‘राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ। चिसो बढ्ने क्रममा छ।’ अब दिन छोटो र रात लामो हुँदै गएकाले तापक्रम घटबढ भइरहनेछ। यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। माइनसमा पुग्ने सम्भावना भने छैन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार जु्म्लामा माइनस ६, जिरीमा माइनस २ र जोमसोममा माइनस १/२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

तराईका जिल्लामा पनि चिसो बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ। बिहानको समयमा तराईमा हुस्सुरकुहिरो लाग्ने र हिमपात पर्ने स्थानमा चिसोको असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।