१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौन्दर्यकर्मी तथा कलाकारहरु रश्मिलाज फेसियल हाउसबाट सम्मानित



अ+ अ-

रश्मिलाज फेसियल हाउसले १२ औं वार्षिक उत्सब विभिन्न कार्यक्रमको आयोजना सहित बुधबार मनाएको छ । काठमाडौंको काठमाडौं मल र बिजी मलमा रहेको रश्मिलाज फेसियल हाउसले बसुन्धराको पानस व्याँकेटमा सम्मान र विविध सांस्कृतिक कार्यक्रम सहित १२ औं वार्षिक उत्सब मनाईएको हो ।

कार्यक्रममा अभिनेत्री, गायक, गायिका, वरिष्ठ ब्युटिसियन, फेशन डिजाईनर, समाजसेवी लगायतलाई सम्मानित गरिएको हो । सौन्दर्य क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ ब्युटिसियन सीता पाठक न्यौपाने, ब्युटी सेक्रेट खिचापोखरीकी वरिष्ठ सौन्दर्यकर्मी सुमित्रा रन्जित, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रवि भवनकी वरिष्ठ सौन्दर्यकर्मी सोनी कारन्जित बिरिष्ट सौन्दर्यकर्मी सम्मानबाट सम्मानित गरियो ।

यस्तै सौन्दर्यकर्मी सरु श्रेष्ठ, हेयर स्टाइलिस्ट रायन मंगोलियन सौन्दर्यकर्मी सम्मानबाट सम्मानित भए । यसैगरी कार्यक्रममा कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप अभिनेत्री सरिता लामिछाने, गायक कुलेन्द्र विक, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्लेलाई सम्मान गरियो । यस्तै सञ्चार क्षेत्रबाट सञ्चारकर्मी सविता पोखरेल, व्यवसाय क्षेत्रबाट व्यवसायी वसन्ती अधिकारी, सामाजिक अभियान्ताबाट दीक्षा चापागाईंलाई पनि सम्मानित गरियो ।

कार्यक्रमकी प्रमुख अतिथि, राष्ट्रिय सभाकी सांसद एवं गायिका कोमल ओली, नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष एवं नायिका रेजिना उप्रेती, नेपाल चलचित्र निर्देशक समाजकी पूवै अध्यक्ष सुचित्र श्रेष्ठ, रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ, सो फेसियल हाउसका प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठ लगायतले सो सम्मान प्रदान गरेका हुन्

साँसद कोमल ओलीले आफु रश्मिलाज फेसियल हाउसको नियमित ग्रहक भएको र त्यहाँको सेवा प्रशंसनीय रहेको बताइन् । नारीहरू आफैंमा सुन्दर हुने गरे पनि सौन्दर्यकर्मीले अझ सुन्दर बनाउने गरेको सांसद ओलीले बताइन् ।

प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठले कार्यक्रममा बोल्दै १२ वर्षमा रश्मिलाज फेसियल हाउसले काठमाडौं मल र बीजी मलबाट सौन्दर्यसम्बन्धी निरन्तर सेवा दिँदै आएको बताए ।
सम्मानित श्रष्टा कुलेन्द्रले सलको पात‘जस्तो हिट गीत गाएर दर्शक नचाईन् । उनलाई स्वरमा सांसद एवं गायिका कोमल ओलीले साथ दिईन् । धु्रब बिस्कोले पनि केही हिट गीतहरु सुनाएका थिए ।