काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । आज विहान ५ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निमोनियाको उपचारका क्रममा निधन भएको हो । पाल्पाको रामपुर स्थायी घर भएका श्रेष्ठ यसअघि मुख्य सचिवको दाबेदार समेत रहेका थिए ।
उमेरहद्का कारण उनले मुख्य सचिवमा प्रतिस्पर्धा गर्न पाएका थिएनन् । श्रेष्ठलाई एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको त्रिवि शिक्षण अस्पताल पुगेका पत्रकार जीवन भण्डारीले जानकारी दिए।
निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा चिकित्सिकहरुले उनलाई निमानिया वा स्वाइन फ्लु भएको आसंका गरेका थिए । सरकारी सेवामा रहँदा श्रेष्ठ इमानदार र कर्मनिष्ट कर्मचारीको रुपमा चिनिन्थे ।