१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयीः समानुपातिकमा पहिलो



अ+ अ-

काभ्रेपलाञ्चोक। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ ।

काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसार दुवै क्षेत्रमा रास्वपा पहिलो बनेको हो । मतपरिणमअनुसार रास्वपाले काभ्रेपलाञ्चोकमा ८८ हजार १६२ समानुपातिक मत पाएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ मा रास्वपाले ३२ हजार ६२९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेस १४ हजार ५५१, राष्ट्रिय परिवर्तन पार्टी १३ हजार ६९९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ११ हजार ९५२ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ हजार ३८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी एक हजार ४४८ मत प्राप्त गरेको छ ।

काभ्रेपलाञ्चोक–२ मा रास्वपाले ५५ हजार ५३३ मत प्राप्त गरी अग्रता लिएको छ । उक्त क्षेत्रमा अन्य प्रमुख दल नेपाली कांग्रेस १४ हजार ७४५, एमाले १२ हजार ७८२, राष्ट्रिय परिवर्तन पार्टी सात हजार २७६, नेकपा छ हजार ५४, राप्रपा दुई हजार ४२६ मत प्राप्त गरेका छन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत निकुञ्ज श्रीवास्तवका अनुसार दुवै क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको हो ।

दुवै क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका जनाउँदै क्षेत्र नं १ मा मधुकुमार चौलागार्इं र क्षेत्र नं २ मा बदनकुमार भण्डारी विजयी भएका उल्लेख गर्नुभयो ।  रासस