१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती महारानीको हत्या प्रयासमा भारतीय सिख



अ+ अ-

लण्डन । जालियावाला हत्याकाण्डको बदला लिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको दरबारमा एक व्यक्ति तीर लिएर प्रवेश गरेका थिए । बेलायती महारानी एलिजाबेथ क्रिसमस मनाउन विन्डसर क्यासल आइपुग्नुभएको थियो । आक्रमणकारी १९ वर्षीय जसवन्त सिंह छैल हुन् र उनी सन् १९१९ मा भएको अमृतसर हत्याकाण्डको बदला लिन रानीको हत्या गर्न आएको बताइएको छ । उनलाई मानसिक स्वास्थ्य ऐनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको छ ।

द सनको रिपोर्टअनुसार लन्डन प्रहरीले उनको मानसिक स्वास्थ्य जाँच गरिरहेको छ । जसवन्त सिंहलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । यस घटनाको एउटा चकित पार्ने भिडियो सार्वजनिक भएको छ जसमा आक्रमणकारी जसवन्त सिंह तीर लिएर हतियारसहित देखिएका छन् । जसवन्त सिंहले क्रिसमसको दिन बिहान ८ः०६ बजे स्न्यापच्याटमा एउटा भिडियो अपलोड गरेका थिए । उनलाई विन्डसर क्यासल भित्रबाट हिरासतमा लिइएको छ।

‘यो सन् १९१९ को जलियावाला बाग हत्याकाण्डमा मारिएकाहरूको बदला हो’

जसवन्तले आफ्नो आवाज लुकाउन फिल्टर प्रयोग गरेका छन् । उनले हुडी र मास्क लगाएका थिए। उनको पोशाक स्टार वार्स चलचित्रबाट प्रेरित भएको देखिन्छ। उनले भिडियोमा भनेका छन् “मलाई माफ गर्नुहोस्। मैले के गरेँ र म के गर्छु त्यसका लागि मलाई माफ गर्नुहोस्। म रानी एलिजाबेथलाई मार्ने प्रयास गर्नेछु। यो सन् १९१९ को जालियावाला बाग हत्याकाण्डमा मारिएकाहरुको बदला हो ।”

जसवन्तले भने, “यो जलियावाला बागमा मारिएकाहरूको बदला हो। जातिका कारणले उनीहरूलाई उत्पीडन र भेदभाव गरियो। म एक भारतीय सिख हुँ। मेरो नाम जसवन्त सिंह छैल हो। मेरो नाम डार्थ जोन्स हो।” जालियावाला बाग हत्याकाण्डमा बेलायती सेनाले ३७९ जनाको गोली हानी हत्या गरेको थियो भने १२०० भन्दा बढी घाइते भएका थिए । सो भिडियोका साथै स्न्यापच्याटमा एउटा सन्देश पनि दिइएको थियो। त्यसमा भनिएको छ, “जससँग मैले गल्ती गरेँ वा उनीहरूसँग झूट बोलेँ, मलाई माफ गर्नुहोस्।”

दरबारको बाहिरी पर्खाल चढेर भित्र प्रवेश  

जसवन्तले भने, “यदि तपाइँहरुले यो पाउनुभएको छ भने जान्नु कि मेरो मृत्यु नजिकै छ। कृपया यो समाचार इच्छुक व्यक्तिहरूसँग साझा गर्नुहोस् र सम्भव भएमा उनीहरूलाई जानकारी दिनुहोस्।” प्रहरीले आक्रमणकारीको नाम भने खुलाएको छैन । आक्रमणकारी दरबारको बगैँचामा हिँडिरहेको अवस्थामा सीसीटीभीमा कैद भएको प्रहरीले जनाएको छ । उनी बाहिरी पर्खाल चढेर भित्र पसेका थिए । बेलायती प्रहरीले अहिले उक्त भिडियोको अनुसन्धान गरिरहेको छ ।