२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

बेलायती महारानीको हत्या प्रयासमा भारतीय सिख

बेलायती महारानीको हत्या प्रयासमा भारतीय सिख
अ अ+ अ-

लण्डन । जालियावाला हत्याकाण्डको बदला लिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको दरबारमा एक व्यक्ति तीर लिएर प्रवेश गरेका थिए । बेलायती महारानी एलिजाबेथ क्रिसमस मनाउन विन्डसर क्यासल आइपुग्नुभएको थियो । आक्रमणकारी १९ वर्षीय जसवन्त सिंह छैल हुन् र उनी सन् १९१९ मा भएको अमृतसर हत्याकाण्डको बदला लिन रानीको हत्या गर्न आएको बताइएको छ । उनलाई मानसिक स्वास्थ्य ऐनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको छ ।

द सनको रिपोर्टअनुसार लन्डन प्रहरीले उनको मानसिक स्वास्थ्य जाँच गरिरहेको छ । जसवन्त सिंहलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । यस घटनाको एउटा चकित पार्ने भिडियो सार्वजनिक भएको छ जसमा आक्रमणकारी जसवन्त सिंह तीर लिएर हतियारसहित देखिएका छन् । जसवन्त सिंहले क्रिसमसको दिन बिहान ८ः०६ बजे स्न्यापच्याटमा एउटा भिडियो अपलोड गरेका थिए । उनलाई विन्डसर क्यासल भित्रबाट हिरासतमा लिइएको छ।

‘यो सन् १९१९ को जलियावाला बाग हत्याकाण्डमा मारिएकाहरूको बदला हो’

जसवन्तले आफ्नो आवाज लुकाउन फिल्टर प्रयोग गरेका छन् । उनले हुडी र मास्क लगाएका थिए। उनको पोशाक स्टार वार्स चलचित्रबाट प्रेरित भएको देखिन्छ। उनले भिडियोमा भनेका छन् “मलाई माफ गर्नुहोस्। मैले के गरेँ र म के गर्छु त्यसका लागि मलाई माफ गर्नुहोस्। म रानी एलिजाबेथलाई मार्ने प्रयास गर्नेछु। यो सन् १९१९ को जालियावाला बाग हत्याकाण्डमा मारिएकाहरुको बदला हो ।”

जसवन्तले भने, “यो जलियावाला बागमा मारिएकाहरूको बदला हो। जातिका कारणले उनीहरूलाई उत्पीडन र भेदभाव गरियो। म एक भारतीय सिख हुँ। मेरो नाम जसवन्त सिंह छैल हो। मेरो नाम डार्थ जोन्स हो।” जालियावाला बाग हत्याकाण्डमा बेलायती सेनाले ३७९ जनाको गोली हानी हत्या गरेको थियो भने १२०० भन्दा बढी घाइते भएका थिए । सो भिडियोका साथै स्न्यापच्याटमा एउटा सन्देश पनि दिइएको थियो। त्यसमा भनिएको छ, “जससँग मैले गल्ती गरेँ वा उनीहरूसँग झूट बोलेँ, मलाई माफ गर्नुहोस्।”

दरबारको बाहिरी पर्खाल चढेर भित्र प्रवेश  

जसवन्तले भने, “यदि तपाइँहरुले यो पाउनुभएको छ भने जान्नु कि मेरो मृत्यु नजिकै छ। कृपया यो समाचार इच्छुक व्यक्तिहरूसँग साझा गर्नुहोस् र सम्भव भएमा उनीहरूलाई जानकारी दिनुहोस्।” प्रहरीले आक्रमणकारीको नाम भने खुलाएको छैन । आक्रमणकारी दरबारको बगैँचामा हिँडिरहेको अवस्थामा सीसीटीभीमा कैद भएको प्रहरीले जनाएको छ । उनी बाहिरी पर्खाल चढेर भित्र पसेका थिए । बेलायती प्रहरीले अहिले उक्त भिडियोको अनुसन्धान गरिरहेको छ ।