१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २००८ को आर्थिक सङ्कट नदोहोरिने अर्थशास्त्री अघियोनको दावी



अ+ अ-

पेरिस। मध्यपूर्वमा जारी युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोनले सोमबार बताउनुभएको छ ।

“यदि युद्ध लामो समय ( धेरै हप्ता) सम्म रहेमा तेलको मूल्य प्रति ब्यारेल १५० डलरभन्दा माथि पुग्छ र यसबाट मुद्रास्फीतिलाई धेरै बढाउने छ र
सन् १९७३ को जस्तो तेलको सङ्कटको अवस्था आउनेछ,” अघियोनले आरटीएल रेडियोसँग भन्नुभयो ।

“म सम्भावित मन्दी देख्छु तर पतन देख्दिन। उदाहरणका लागि मैले सन् २००८ को वित्तीय सङ्कट जस्तो सम्भावना केही देख्दिन,” उहाँले भन्नुभयो ।

सन् १९७३ को योम किप्पुर युद्धमा इजरायललाई समर्थन गर्ने राष्ट्रहरूमाथि तेल निर्यात गर्ने अरब सदस्यहरूको सङ्गठन ओपेकले लगाएको तेल प्रतिबन्धका कारण मूल्यहरू नाटकीय रूपमा बढेको र त्यसले मुद्रास्फीति र आर्थिक गतिरोधमा वृद्धि गरेको थियो ।

“यस्तो झट्काका लागि युरोपेली देशहरू, संयुक्त राज्य अमेरिका र अन्य विकसित देशहरूको समन्वयमा नीति बनाउने र प्रतिक्रिया दिने गर्नु आवश्यक हुनेछ,” उहाँले भन्नुभयो।

जी–७ का अर्थमन्त्रीहरूले सोमबार बजारलाई शान्त पार्न रणनीतिक तेल भण्डार जारी गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

“लामो र व्यापक द्वन्द्वले विश्वव्यापी वृद्धिलाई घटाउनेछ,” रचनात्मक विनाशको माध्यमबाट दिगो वृद्धिमा आफ्नो कामका लागि सन् २०२५ को अर्थशास्त्रमा नोबेल पुरस्कार पाउनुभएका अघियोनले भन्नुभयो ।

सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट अमेरिकी घरजग्गाको पतनको कारण उत्पन्न भएको थियो ।