५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा प्रत्यक्षभन्दा समानुपातिकमा कांग्रेस–एमालेको मत घट्यो



अ+ अ-

काठमाडाैँ । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ प्राप्त मतको तुलनामा समानुपातिकतर्फ नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत केही ठूला दलले कम मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेवे १३ हजार ९६२ मतसहित विजयी भएका थिए। तर समानुपातिकतर्फ एमालेले प्रत्यक्षतर्फ प्राप्त मतभन्दा दुई हजार ६१७ मत कम, अर्थात् ११ हजार ३४५ मत मात्रै पाएको छ। थेवेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले प्रत्यक्षतर्फ ११ हजार ७११ मत प्राप्त गरेका थिए। कांग्रेसले समानुपातिकतर्फ प्रत्यक्षतर्फको मतभन्दा दुई हजार ६८ मत कम, अर्थात् नौ हजार ६४३ मत प्राप्त गरेको छ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले प्रत्यक्षतर्फ ६ हजार ६७५ मत प्राप्त गरेका थिए। तर सो पार्टीले समानुपातिकतर्फ पाँच हजार २१४ मत मात्रै प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मतभन्दा एक हजार ५६९ मत कम हो।

यता श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राईले प्रत्यक्षतर्फ पाँच हजार २०९ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ भने सो पार्टीले प्रत्यक्षभन्दा तीन हजार ४८९ मत बढी, अर्थात् कुल आठ हजार ६९८ मत प्राप्त गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वीरेन्द्र श्रेष्ठले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकतर्फ दुई हजार ३४० मत बढी प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ छ हजार ४९५ मत प्राप्त गरेको छ।

यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुक्साम लावुङले प्रत्यक्षतर्फ २११ मत प्राप्त गरेका थिए भने समानुपातिकतर्फ मञ्चले ५१० मत प्राप्त गरेको छ, जुन प्रत्यक्षभन्दा २८९ मत बढी हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्रप्रसाद थापाले प्रत्यक्षतर्फ १८५ मत प्राप्त गरेका थिए। तर समानुपातिकतर्फ राप्रपाले ४१५ मत प्राप्त गरेको छ, जुन प्रत्यक्षभन्दा २३० मत बढी हो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार नरपति पौडेलले भने समानुपातिकभन्दा प्रत्यक्षतर्फ बढी मत प्राप्त गरेका छन्। उनले प्रत्यक्षतर्फ १५५ मत ल्याएका थिए भने समानुपातिकतर्फ उक्त पार्टीले ११९ मत मात्रै प्राप्त गरेको छ, जुन ३६ मत कम हो।

त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार अरुण लेछर्बो लिम्बूले प्रत्यक्षतर्फ १४१ मत प्राप्त गरेका थिए। तर उनको पार्टीले समानुपातिकतर्फ प्रत्यक्षभन्दा २५ मत कम, अर्थात् ११६ मत प्राप्त गरेको छ।