१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ लाख ८२ हजार घरको पुननिर्माण सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ ।

प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ८३ प्रतिशत उपलब्धी मध्ये ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले निजी आवास पुननिर्माणमा ८६ प्रतिशत प्रगति भएको बताउनुभयो । उहाँले ७ लाख ८० हजार १ सय ६५ निजी आवासको पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुननिर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले १ लाख ८९ हजार ४१ वटा घर बन्दै गरेको समेत जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ७ हजार ५ सय ५३ विद्यालय मध्ये ५ हजार ३ सय ८० विद्यालयको पुननिर्माण भइसकेको र १ हजार ७ सय ८७ विद्यालयको काम भइरहेको समेत जानकारी दिनुभयो । त्यस्तै ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को पुननिर्माण सम्पन्न भएको र १ सय २३ सम्पादाको काम भइरहेको छ । १ हजार १ सय ९७ स्वास्थ्य संस्था मध्ये ६ सय ६५ को पुननिर्माण सम्पन्न भएको र १ सय ४९ वटा बन्दै गरेको उहाँले बताउनुभयो । त्यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ को सम्पन्न भएको तथा ४९ वटाको काम भइरहेको उहाँले बताउनुभयो । उहाँले पुननिर्माणमा अहिले सम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको र त्यसमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको बताउनुभयो । उहाँले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न अझै ३ अर्ब रुपैयाँ लाग्ने र यसै आर्थिक वर्षमा ३४ अर्ब रुपैयाँ खर्च हुने बताउनुभयो ।

त्यस्तै असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ४ घरपरिवार र ८ हजार ७ सय ४४ भूमिहिनहरुलाई जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । ७ सय ६२ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भएको र ७ सय ९१ खानेपानी योजनाहरु मध्ये ६ सय ७० वटा योजनाहरु कार्यान्वयनमा भएको जानकारी उहाँले दिनुभयो ।