२५ भाद्र २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ लाख ८२ हजार घरको पुननिर्माण सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ ।

प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ८३ प्रतिशत उपलब्धी मध्ये ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले निजी आवास पुननिर्माणमा ८६ प्रतिशत प्रगति भएको बताउनुभयो । उहाँले ७ लाख ८० हजार १ सय ६५ निजी आवासको पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुननिर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले १ लाख ८९ हजार ४१ वटा घर बन्दै गरेको समेत जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ७ हजार ५ सय ५३ विद्यालय मध्ये ५ हजार ३ सय ८० विद्यालयको पुननिर्माण भइसकेको र १ हजार ७ सय ८७ विद्यालयको काम भइरहेको समेत जानकारी दिनुभयो । त्यस्तै ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को पुननिर्माण सम्पन्न भएको र १ सय २३ सम्पादाको काम भइरहेको छ । १ हजार १ सय ९७ स्वास्थ्य संस्था मध्ये ६ सय ६५ को पुननिर्माण सम्पन्न भएको र १ सय ४९ वटा बन्दै गरेको उहाँले बताउनुभयो । त्यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ को सम्पन्न भएको तथा ४९ वटाको काम भइरहेको उहाँले बताउनुभयो । उहाँले पुननिर्माणमा अहिले सम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको र त्यसमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको बताउनुभयो । उहाँले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न अझै ३ अर्ब रुपैयाँ लाग्ने र यसै आर्थिक वर्षमा ३४ अर्ब रुपैयाँ खर्च हुने बताउनुभयो ।

त्यस्तै असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ४ घरपरिवार र ८ हजार ७ सय ४४ भूमिहिनहरुलाई जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । ७ सय ६२ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भएको र ७ सय ९१ खानेपानी योजनाहरु मध्ये ६ सय ७० वटा योजनाहरु कार्यान्वयनमा भएको जानकारी उहाँले दिनुभयो ।