१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

भ्रमण वर्षः सद्भावना दूत नियुक्तिदेखि गाँसबासमा छुट

भ्रमण वर्षः सद्भावना दूत नियुक्तिदेखि गाँसबासमा छुट
अ अ+ अ-

विराटनगर । नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल बनाउन प्रदेश नं १ सरकारले नौ जनालाई पर्यटन सद्भावना दूतमा नियुक्त गरेको छ । नेपालमा भ्रमण वर्षको शुरुआत स्न १९९८ देखि शुरु भएको हो । दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० मा घोषणा गरिएको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन विसं २०७४ साउन २९ गते घोषणा गरेको थियो । भ्रमण वर्ष शुरु हुन केही दिन मात्र बाँकी रहेका अवस्थामा प्रदेश सरकारले यसको प्रचारप्रसारलाई व्यापकता प्रदान गर्न ख्यातिप्राप्त नौ जनालाई सद्भावना दूतमा नियुक्त गर्नु सकारात्मक पक्ष हो ।

प्रत्येक प्रदेशले सङ्घीय सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन तीव्रगतिमा काम गरिरहेको पाइएको छ । यसै सन्दर्भमा प्रदेश नं १ सरकारले यस प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यानुसार काम गरिरहेको छ । सरकारले छनोट गरेको १०० गन्तव्यस्थलमा प्रदेश नं १ मा १६ स्थान परेका छन् । यी सबै स्थानको विकास, विस्तार एवं पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु एक अर्ब ५१ करोड विनियोजन गरेको छ । यसबाट पर्यटकीय गन्तव्यस्थलको समुचित विकास गर्न मद्दत पुग्ने विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण सचिव सञ्जीवकुमार राई व्यक्त गर्नुहुन्छ । केन्द्रीय सरकारको यस वर्ष २० लाख पर्यटक मुलुक भित्र्याउने योजनामा प्रत्येक प्रदेश आफ्ना प्रदेशमा पर्यटक भित्र्याउन जोडतोडले लागिपरेका छन् ।

प्रदेश नं १ मा कोशी टप्पु वनजन्तु आरक्षण क्षेत्र, बराह क्षेत्र, चतराधाम, हलेसी, पाथीभरा, विराट् दरबार, झापाको किचकबध र नेपालको सबैभन्दा गहिरो भूभाग झापाको केचनाकवल जस्ता ठाउँलाई पर्यटकीय दृष्टिले विकास विस्तार गरिनुपर्ने आवश्यकता देखिएको छ । नेपाल भ्रमण वर्षका सन्दर्भमा प्रदेश नं १ सरकार ले ‘पर्यटक र अतिथिको सत्कार, प्रदेश नं।१ को संस्कार’ प्रमुख नारालाई अघि सारेको छ ।

यस्तै पर्यटक सद्भावना दूतमा नियुक्त सगरमाथा २४ पटक सफल आरोहण गर्नुभएका सोलुखुम्बु, खुम्बु–पासाङल्हामु गाउँपालिका वडा नं ५ निवासी कामीरिता शेपार्, मिस एशिया युनिभर्स–२०१७ लगायत विभिन्न सौन्दर्य प्रतियोगितामा प्रथम उपाधि प्राप्तसुनसरी जिल्ला धरान नगरापालिका निवासी पिङ्की राजगरिया, विश्वका आठ हजार मिटरभन्दा माथिका१४ वटै हिमालको सफल आरोहण गर्नुभएका सङ्खुवासभा, मकालु गाउँपालिका वडा नं १ निवासी मिङ्मा शेर्पा, ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका वडा नं ६ निवासी मिङमाग्याबु शेर्पा, सङ्खुवासभा, मकालु –१ निवासी छाङ्दावा शेर्पा र सानु शेर्पा, नेपाली कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ७ निवासी दीपाश्री निरौला, साहसिक खेल अल्ट्राम्याराथुनको विधाका माध्यमबाट विश्वमा ख्याति प्राप्त भोजपुर जिल्ला पौवादुङ्मा गाउँपालिका वडा नं ५ निवासी मीरा राई र नेपालकै सबैभन्दा अग्लो व्यक्ति (सात फिट तीन इञ्च उचाइ) का सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं ५ निवासी राजन अधिकारीले सो नारालाई देशविदेशमा फैलाउने काम गर्नुुहुनेछ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले हामीसँग प्रशस्त सम्भावना हुँदा पनि देशले अग्रता लिन नसेकेको बताउँदै अब सबै सम्भावनाको उच्चतम प्रयोग र उपयोग गरी पर्यटक स्थलहरुको विकास गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, पर्यटन मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई अलग गरेर देशमा विकास हुन सक्दैन, प्रदेश नं १ को भौगोलिक, धार्मिक, ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले पनि बेग्लै पहिचान भएकाले यसको समग्र विकासमा प्रदेश सरकार गम्भीर छ ।”

मन्त्री कुसियतका अनुसार पर्यटन वर्षभरि गरिने काम योजनाबद्ध रुपमा अगाडि बढाउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गराउन प्रदेशका पाँच स्थानलाई केन्द्र बनाएर भव्य कार्यक्रम गरिने छ । होटल एशोएियशन नेपालका अध्यक्ष एवं प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य राजन श्रेष्ठले यस प्रदेशमा भ्रमण गर्न आउने पर्यटकलाई खानामा १५ प्रतिशत र बासमा २० प्रतिशत छुट दिइने घोषणा गर्नुभयो । धार्मिक तथा सांस्कृतिक पर्यटन उपसमितिका संयोजक भविष श्रेष्ठले पर्यटक हाम्रा पाहुना भएकाले तिनको नेपालप्रतिको रुचि र आकर्षण बढाउन आफ्नो तहबाट गरिने सबै काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यही पुस १६ गते जनवरी १ तारिखमा स्थानीय शहीद रङ्गशालामा भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा हेलिकप्टरबाट पुष्पार्पण, ड्रोनबाट नेपालको झण्डा फहराइ, विभिन्न जातजातिको भाषा, संस्कृति झल्किने झाँकी प्रर्दशन तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटका तर्फबाट मार्च पाष्ट गराइने प्रदेश सरकारको तयारी छ ।