५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा भोलिसम्ममा आइसक्ने, समानुपातिकतर्फ ४० लाख मत गणना सम्पन्न



अ+ अ-

काठमाडाैँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगकाअनुसार प्रत्यक्षतर्फका अधिकांश निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि तिब्र गतिमा अघि बढिरहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रकाश भट्टराईले दिनुभएको पछिल्लो जानकारीअनुसार प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटमध्ये १ सय ५५ सिटको अन्तिम नतिजा घोषणा भइसकेको छ । अब बाँकी रहेका १० वटा निर्वाचन क्षेत्रमा मात्र मतगणना जारी रहेको र त्यहाँको काम पनि द्रुत गतिमा भइरहेको छ ।

मतगणनामा कुनैपनि प्रकारको प्राविधिक वा अन्य अवरोध नआएको खण्डमा आज रातिसम्म वा ढिलोमा भोलिसम्ममा प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने आयोगको भनाइ छ ।

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रहरूमा आयोगले तत्कालै समानुपातिकतर्फको मतगणना शुरु गरिसकेको बताए । प्रवक्ता भट्टराईकाअनुसार हालसम्म समानुपातिकतर्फ ४० लाखभन्दा बढी मत गणना भइसकेको छ । देशभरका मतगणना स्थलहरूमा कर्मचारीहरू निरन्तर खटिरहेकाले आगामी तीन दिनभित्र समानुपातिकतर्फको पनि सम्पूर्ण मतगणना सम्पन्न हुने आयोगको अनुमान छ ।

मतगणना कार्यलाई छिटो, छरितो र पारदर्शी बनाउन आयोगले सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरेको प्रवक्ता भट्टराईले बताए।

प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेसँगै अब आम नागरिक र राजनीतिक दलहरूको ध्यान समानुपातिकतर्फको मतपरिणाम र त्यसले निर्धारण गर्ने राष्ट्रिय दलको मान्यता तथा सिट बाँडफाँडतर्फ केन्द्रित भएको छ ।