१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

आमिरको फिल्ममा करिनाको पहिलो पटक अडिसन

आमिरको फिल्ममा करिनाको पहिलो पटक अडिसन
अ अ+ अ-

विगत दुई दशकदेखि बलिउड अभिनेत्री करिना कपुर फिल्मनगरीमा सक्रिय छन् । उनले आफ्नो २० वर्षै करिअरमा एकपछि अर्को सफल चलचित्रमा काम गरेकी छन् । सन् २००० मा चलचित्र ‘रिफ्युजी’ बाट बलिउड छिरेकी अभिनेत्री करिना अहिले निकै सफल कलाकारको रूपमा परिचित छन् । यसैबीच फिल्मी करिअरमा उनले पहिलोपटक पछिल्लो समय एक चलचित्रका लागि अडिसन दिनुपरेको छ । उनले अडिसन दिएको चलचित्र ‘लालसिंह चढ्डा’ हो ।

उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘फिल्म लालसिंह चढ्डा मेरो करिअरको पहिलो फिल्म हो जसका लागि मैले अडिसन दिनुपर्यो ।’ उनले बलिउडका चर्चित अभिनेता आमिर खानबाहेक अरूका लागि यस्तो नगर्ने समेत बताएकी छन् । उनले भनिन्, ‘म अन्य कुनै व्यक्ति र फिल्मका लागि यो गर्दिनथेँ, केबल आमिरबाहेक ।’ ‘लालसिंह चढ्डा’ हलिउडको चर्चित चलचित्र ‘गम्प’ को रिमेक हो । यसमा टाँम हैंकसको भूमिका आमिरले निभाउँदै छन् । करिना चलचित्रमा आमिरको अपोजिट भूमिका रहेकी छन् ।

अहिले यो चलचित्रको सुटिङ सुरु भइसकेको निर्माण पक्षले जनाएको छ । यो चलचित्र अर्को वर्षको क्रिसमसमा प्रदर्शनमा आउने तयारीका साथ काम भइरहेको जनाइएको छ । यसैबीच अभिनेत्री करिना अभिनित नयाँ चलचित्र ‘गुड न्युज’ २७ डिसेम्बरबाट प्रदर्शनमा आउँदै छ । यस चलचित्रमा करिनाका साथमा अभिनेता अक्षयकुमार, दिलजीत दोसांझ र कियारा आडवाणी मुख्य भूमिका रहेको छ ।