९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली-४ मा कोइराला निर्वाचित, जिल्लाका पाँच वटै क्षेत्रमा रास्वपा



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

निर्वाचन क्षेत्र नं ४मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले यो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लेखराज भट्टले नौ हजार ४४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराम चौधरीले पाँच हजार ६०९ मत प्राप्त गरेको जानकारी दिए।

आजै सार्वजनिक गरिएको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित बभएका छन् । शनिबार निर्वाचन क्षेत्र नं १, ३ र ५ को मतगणनाको आन्तिम नतिजा सार्वजनिक गरिएको थियो ।

क्षेत्र नं १ मा रास्पपाका कोमल ज्ञवाली १७ हजार ८२६, क्षेत्र नं ३ मा रास्वपाका जगतप्रसाद जोशी १९ हजार ८९३ र क्षेत्र नं ५ मा पनि रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




भर्खरै