२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यानाकर्षण

भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरुले दुःख पाउने गरेको भन्दै सांसदहरुले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताउनुभयो । विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरु बढेको भन्दै उहाँले विदेश जान नै सहज बनाउनुपर्ने बताउनुभयो । विदेश जान सहज नहुँदा विभिन्न खालका अपराधिक घट्ना घट्ने गरेको उहाँको भनाई छ । नेपाली कामदारहरुलाई आफुले गर्ने कामको बारेमा पुर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विभिन्न चोर बाटो बाट जाने गरेको यो भिजिट भिसाको नाममा वा अन्य भिसाको नाममा जाने र कानूनी व्यवस्थापन राम्रो सँग नभएको कारणबाट नेपाली कामदारहरुले दुःख पाउने अवस्था रहेको मैले महशुस गरें । त्यसैले यसलाई समितिको निर्देशन र विद्यमान कानूनहरुको बिचमा एउटा तारतम्य मिलाएर हामीले सहज रुपले अगाडी कसरी बढाउने त्यतापट्टी सबै पक्ष मिलेर सहज गर्नुपर्छ भन्ने मेरो धारणा छ । सहज नगरिदाको अवस्थामा विभिन्न किसिमले अपराधिक घटनाहरु घट्ने गरेको र नेपालीहरुले दुःख पाउने रहेछ । नेपाली कामदार कुन काममा जाने हो, त्यसको पूर्ण जानकारी हुनुपर्ने र त्यो विषयमा पोख्त तालिमको व्यवस्थापन गरेर स्किल मेनपावरको रुपमा मात्रै पठाउने व्यवस्था गरौँ । त्यसका लागि कहाँ कहाँ कानून संशोधन गर्नुपर्छ, ऐन, नियम तर्जुमा गर्नुपर्छ त्यो गरुम् ।’

सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राख्नुभयो । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उहाँको भनाई छ । विदेश पुगेका नेपाली कामदारहरु दुतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उहाँले सहज रुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो नागरिक योग्य भएर नै जानु वेश हुन्छ । त्यसको लागि सरकारले के के गरिरहेको छ रु के के प्रशिक्षण दिइरहेको छ रु उनीहरुको भाषाको पनि अभाव हुन्छ । योग्य बनाएर पठाइदिए राम्रो हुन्छ । अप्ठ्यारोमा दूतावास, घरमा सम्पर्क गर्न पनि दिदैन भनेको सुनिन्छ । यो सबै कुराको ग्यारेन्टी हुनुप¥यो जुन ठाउँमा जानुहुन्छ घर, दूतावासमा सम्पर्क गर्न सकुन् ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताउनुभयो । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उहाँले बताउनुभयो ।

व्यवसायीक कामदारलाई विदेश पठाउन सक्नुपर्ने उहाँले बताउनुभयो । मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर सञ्चालन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘क्षमतावान कामदार पठाउन नसक्दाखेरी हाम्रो वैदेशिक रोजगार व्यवसाय धरासयी भयो । विप्रेषण धेरै घटीरहेको छ । हामीले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारीलाई नै हामीले प्रश्रय दिनुपर्छ । र क्यापेवल मेनपावर, प्रोफेसनल मेनपावर पठाउनुपर्छ । डाक्टर, इञ्जिनियर, नर्सहरु तयार गरेर, सिकर्मी, डकर्मीहरुलाई तालिम दिएर पठाउनुपर्छ । सातै प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिरहेका छौँ । भिजिट भिसा एकदमै गैर कानूनी हिसाबमा गयो । भिजिट भिसमा देखिएको विकृति र विसंगतिलाई हटाउनुपर्ने देखियो ।’

सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यस सँग सम्बन्धित सरकारी निकायहरु गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरु बसेर देखिएका विकृति र विसंगती हटाउनुपर्ने बताउनुभयो । उहाँले यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्ने बताउनुभयो ।