१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला समानता उपहार होइन, मानव अधिकार हो : सुनिता डंगोल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला समानता कुनै उपहार वा टोकन नभई नैसर्गिक मानव अधिकार भएको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले समाजमा अझै पनि महिलाको क्षमतामाथि प्रश्न उठाउने विभेदपूर्ण मानसिकता कायम रहेको भन्दै यस सोचको अन्त्य हुनु आवश्यक भएको बताइन् ।

डंगोलले समाजमा दोहोरो मापदण्ड प्रचलित रहेको गुनासो गर्दै भनिन्, “पुरुषहरुलाई शुरुमै सक्षम भनेर लिइन्छ, कामले असक्षम नदेखाएसम्म उनीहरु सक्षम नै मानिन्छन्। तर महिलाहरुलाई भने जबसम्म कामले पुष्टि गर्दैन, तबसम्म असक्षम नै भनिरहने प्रवृत्ति छ। जबसम्म यो सोचको अन्त्य हुँदैन, तबसम्म महिला दिवस जस्ता दिनहरुले हामीलाई सम्झाइरहनुपर्छ कि महिलाहरु पनि उत्तिकै सक्षम छन्।”

उहाँले प्रविधिको विकाससँगै महिलामाथि हुने हिंसाको स्वरुप परिवर्तन भएकोमा चिन्ता व्यक्त गर्दै विशेषगरी सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुरुपयोगले महिलामाथि ‘नदेखिने हिंसा’ बढिरहेको उल्लेख गर्नुभयो। डंगोलले भनिन्, “कोही व्यक्ति मन नपरेको कारण वा व्यक्तिगत रिसइबीका कारण सामाजिक सञ्जालमा महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र भ्रामक सामग्री फैलाउने काम भइरहेको छ। यसलाई समाज बिथोल्ने कार्यको रुपमा लिनुपर्छ। एआई जस्ता आधुनिक प्रविधिको सकारात्मक पक्ष भए पनि महिलाविरुद्ध भ्रामक सामग्री बनाउन यसको दुरुपयोग भइरहेको छ।”

महिलाको विषय केवल महिलासँग सीमित नभई सम्पूर्ण समाज र पुरुषहरुको पनि विषय भएको उल्लेख गर्दै उनले यस्ता विभेदपूर्ण अभिव्यक्ति र क्रियाकलापहरु सोचबाटै निर्मूल पार्नुपर्ने आवश्यकता औंल्याइन् ।