३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब १७ बर्षिय युवतिले प्लेन चोरेर उडाउने कोशिस गरेपछि…



अ+ अ-

काठमाडौं । १७ वर्षीया युवतीले अमेरिकाको क्यालिफोर्नियामा प्लेन चोर्न लाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । एयरपोर्टमा घुसेर प्लेन चोरेर लैजाने कोशिस गर्दै ती युवती समातिएकी हुन् ।

युवतीले प्लेन उडाउँदै गर्दा प्राविधिक समस्या आएपछि प्लेन पर्खालमा ठोकिन पुगेको थियो ।

फ्रेस्नो योशिमाइट इन्टरनेशनलको एयरपोर्टमा लुकेर भित्र पसेकी युवतीले प्लेन चालु गरेर उडाउन थालेपछि मात्रै अन्यले थाहा पाएका थिए । एयरपोर्ट पुलिस चीप ड्यू बेसिन्गरले सञ्चार माध्यमलाई जनाएअनुसार युवतीले सैन्य ४ सय मिटरको क्षेत्र पार गर्दै प्लेनसम्म पुगेकी थिइन् ।

प्रहरीले युवतीको नाम खुलाएको छैन् । युवतीमाथि थप अनुसन्धान भईरहेको त्यहाँको प्रहरीले जनाएको छ ।