२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा रास्वपाका जोशी निर्वाचित



अ+ अ-

डडेल्धुरा। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा जोशी सात हजार १० मत अन्तरले विजयी हुनुभएको छ ।

उहाँले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीका  मानसिंह मालले छ हजार ८३४ र नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गर्नुभएको छ ।

यस्तो छ जोशीको राजनीतिक यात्रा

जोशी यहाँ कांग्रेसको ३४ वर्षे विरासत भत्काउँदै पहिलोपटक सांसद निर्वाचित हुनुभएको हो । जोशीको जन्म विसं २०२७ चैत ३० गते भएको हो । उहाँ गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुनुहुन्छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उहाँ लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आउनुभएको छ । उहाँको राजनीतिक यात्रा विसं २०४५ मा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो ।

विसं २०४८ मा शिक्षण पेसामा रहँदा उहाँ शिक्षक सङ्गठनमा आबद्ध हुनुभएको थियो । विसं २०५१ मा नेकपा (एमाले) डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय हुनुभएका जोशी विसं २०५३ मा नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटी सदस्य र विसं २०५४ मा जिल्ला कमिटी सचिव बन्नुभयो ।

विसं २०५५ तिर राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा सक्रिय बन्नुभएाक उहाँ कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकसमेत हुनुभएको थियो ।

जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत हुनुभयो । राजनीतिक गतिविधिसँगै उहाँले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । विशेषगरी २०६२÷०६३ को जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको बताइन्छ ।

राजनीतिमा भने उहाँले उतार–चढाव भोग्नुभयो । विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा उहाँ नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो भने २०७४ को प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार बेहोर्नुभयो ।

विसं २०७९ मा मा भने जोशी स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०७८ सालतिर एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र रूपमा राजनीतिकमा सक्रिय हुनुभएको थियो ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएको हो ।े राजनीतिशास्त्र र अर्थशास्त्रमा नेपालबाट स्नातक गरेका जोशीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) हासिल गर्नुभएको छ ।

अन्तरराष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उहाको अनुभव छ । रासस




भर्खरै