९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोट–२ मा रास्वपाका अचुतम लामिछाने ३२ हजार मतसहित विजयी



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अचुतम लामिछाने नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिएका छन्।

उनका निकटतम प्रतिस्पर्धी जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले आठ हजार २८५ मत पाएका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार ७२० मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्रप्रकाश घलेले दुई हजार ७५० मत पाएका छन्।

यस क्षेत्रमा कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा अन्य उम्मेदवारहरूले एक हजारभन्दा कम मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का झनक प्याकुरेले ७७५ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६ मत, श्रम संस्कृति पार्टी का बिनोदकुमार तामा ले ३९६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नवराज ढुङ्गानाले ९० मत, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का किरण तिम्सेनाले ५२ मत, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ मत तथा आम जनता पार्टी का मानसिं गदाइलीले ११ मत प्राप्त गरेका छन्।

नुवाकोट–२ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेकामा ७० हजार ४५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।




भर्खरै