१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेले विकेट लिएनन्, होबार्ट भने विजयी



अ+ अ-

होबार्टः अस्ट्रेलियाको टी–२० क्रिकेट घरेलु लिग “बिस ब्यास लिग” अन्तर्गत आज भएको खेलमा नेपालको राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् तर उनको टिम होबार्ट हरिकेन्स भने विजयी भएको छ ।

एडिलेड स्ट्राइकर्स विरुद्ध बलिङ गर्दै सन्दीपले ३ ओभरमा ३१ रन खर्चिएका थिए । उनको बलिङमा पाँच चौका प्रहार भएका थिए ।

एडिलेडले २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

जवाफमा होबार्ट हरिकेन्सले १८.३ ओभरमा ३ विकेट गुमाएर १७६ रन बनायो । होबार्टका लागि बेन म्याकडर्मटले ११० रनको धुँवाधार पारि खेलेका थिए ।