५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनभावनाअनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताए ।

जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उहाँले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताए । उनले भने, “हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ । प्रतिपक्षलाई होच्च्याउनु हुँदैन । लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ ।”