५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी गोरखाका सवै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो



अ+ अ-

काठमाडाैँ । गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।

बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याई पुर्‍याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो, वडा नं ३ सिर्दिबास, वडा नं ४ प्रोक र वडा नं ५ विहीको मतपेटिका विहान ल्याइएको हो । भौगोलिक विकटताका कारण चुमनुब्रीका २३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने बाध्यता थियो ।

“हिजो नै ति मतपेटिका ल्याउने तयारी भए पनि मौसम खराबीका कारण सकिएको थिएन”, उनले भने, “आज बिहान मौसम खुलेसँगै सेनाको हेलिकप्टरले बाँकी रहेको सबै मतपेटिका सदरमुकाम ल्याएको हो ।”

यसअघि शुक्रबार सेनाको हेलिकप्टरले नौ वटा मतदान केन्द्रको मतपेटिका ल्याएको थियो । गोरखा क्षेत्र नम्बर १ को मतपेटिका सङ्कलनको काम सम्पन्न भएसँगै आज नै मतगणना अगाडि बढाउने तयारी भएको उनले बताए ।