१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

धौलागिरिको काखमा लगानी खोज्दै

धौलागिरिको काखमा लगानी खोज्दै
अ अ+ अ-

बागलुङ । “बागलुङ बजारबाट धौलागिरि हिमालको ताज अझै खुलेको देखिन्छ । मेरो यो दोस्रोपटकको आगमनमा पहिलेभन्दा झनै राम्रो देखेँ । मलाई लाग्छ, यहाँ पर्यटनको सम्भावना धेरै छ । राम्रो वातावरण भएमा बागलुङमा हामी पनि केही गर्न सक्छौँ ।”

नेपालका प्रसिद्ध उद्योगपति शेखर गोल्छा बागलुङ बजारमा आयोजित ‘बागलुङ लगानी बहस’मा सोेधिएको प्रश्नको जवाफ दिँदै हुनुहुन्थ्यो । प्रश्न थियो–बागलुङमा आर्थिक लगानीको कस्तो सम्भावना देख्नुहुन्छ र तपाईंसँग बागलुङले कुनै लगानीको अपेक्षा राख्न सक्छ कि सक्दैन ? उहाँ नेपालका घरानिया उद्योगी हुनुहुन्छ । उहाँका हजुरबुबाले विसं १९३७ मा विराटनगरमा स्थापना गर्नुभएको जुटमिललाई नेपालको पहिलो उद्योग मान्न सकिन्छ । देशमा हाल गोल्छाका साना ठूला गरी करिब १०० उद्योग सञ्चालनमा छन् । करिब ५० हजार नेपालीले रोजगारी पाएका छन् ।

धौलागिरि हिमालको काखमा अवस्थित सुन्दर पर्यटकीय बागलुङ बजारमा उद्योग वाणिज्य महासङ्घद्वारा बिहीबार साँझ आयोजित बहसमा उद्योगपति उहाँले व्यक्त गर्नुभएको उद्योगका व्यवसायका लागि राम्रो वातावरण चाहिने अभिव्यक्ति नै बहसको अन्तिमसम्म केन्द्रमा रह्यो । बहसका सहभागी सबै वक्ताको आशय नै ‘आर्थिक विकासका लागि उद्योग चाहिन्छ’ र ‘उद्योग कलकारखाना सञ्चालन गर्न सहज वातावरण चाहिन्छ’ भन्ने नै रह्यो । गोल्छा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उद्योगी, व्यवसायीको नेताको नाताले देशभरका व्यवसायीका गुनासोको प्रतिध्वनि पनि हो उहाँको यो अभिव्यक्ति ।

लगानी सम्मेलन नाम दिइएको यस कार्यक्रमका प्रमुख वक्तामा नेपालका तीन स्थापित उद्यमी गोल्छा, चन्द्रप्रसाद ढकाल र मीनबहादुर गुरुङ हुनुहुन्थ्यो । गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ अतिथि हुनुहुन्थ्यो ।

राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको बहस चलिरहेका बेला सबैभन्दा धेरै विप्रेषण भित्रिने जिल्लाको सूचीमा रहेको बागलुङमा यस किसिमको लगानी बहस सान्दर्भिक रहेको आयोजक बागलुङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नुभयोे, “इथियोपिया गरिबी र कुपोषणले आक्रान्त थियो । पच्चीस वर्षमा आज आर्थिक वृद्धि नौ प्रतिशत पुग्यो । त्यहाँ वार्षिक साढे तीन अर्ब अमेरिकी डलरको लगानी भित्रिएको छ । गृहयुद्धले ग्रसित कम्बोडियाले केही दशकमै अहिले वर्षेनी १० अर्ब डलरको तयारी पोशाक निर्यात गर्छ । बङगलादेशले हरेक वर्ष ३५ अर्बको गार्मेन्ट निर्यात गर्छ । ती देशमा लगानी र राम्रो वातावरण भएकाले नै यो सम्भव भएको हो ।”

खाद्यान्न उत्पादनमा पनि काम गरिरहेको गोल्छा अर्गनाइजेसनका प्रमुखसमेत रहेका उहाँ कृषिउपजको आयात बढ्नु चिन्ताजनक हो भन्नुहुन्छ । पहिले कृषिजन्य उपजमा हामी आत्मनिर्भर थियौँ तर अहिले यसैमा करिब ७० प्रतिशत आयात गरिरहेका छौँ । कतिपय खाद्यान्न हामीले उत्पादन गर्दाभन्दा किन्दा सस्तो पर्ने भएको छ ।

“कृषिमा लगानी तथा कृषकको हितमा नीतिनियम हुन नसक्दा यस्तो हँुदैछ । यसतर्फ अब सोचौँ”, उहाँले भन्नुभयो । उहाँको सुझाव छ, “देश विकासका लागि साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्नुपर्छ र ती उद्योगका लागि कर्जा प्रवाहलाई सरल र सस्तो बनाइनुपर्छ ।”

कार्यक्रम सञ्चालक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यही प्रश्न अर्का उद्योगी चन्द्रप्रसाद ढकाललाई सोध्नुभयो । “यहाँ पनि लगानीका क्षेत्र त उनै हुन् जल, जङ्गल, जडीबुटी, कृषि र पर्यटन । तर लगानी गर्ने वातावरण र मुनाफा आवश्यक हुन्छ र यो मिलाइदिने काम राज्यको हो– उहाँको आशय पनि यही नै थियो ।

व्यवसायी ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होमका प्रवद्र्धक हुनुहुन्छ । ढकाल बागलुङ जिल्लावासी भएकाले पनि धेरैले जिल्लामा उहाँको लगानीको अपेक्षा गरे । उहाँसँग जिल्लावासीले लगानीको के कस्तो प्रतिबद्धता आउला भनेर प्रश्न गरेका थिए । उहाँले निश्चित कुनै आयोजना त खोल्नुभएन तर जिल्लामा लगानी ल्याउने गृहकार्य शुरु भएको जानकारी भने दिनुभयो । उहाँको जोड पनि लगानीको वातावरण हुनुपर्नेमा नै थियो ।

उहाँले चन्द्रागिरि आयोजना निर्माणको एक प्रसङ्ग सुनाउनुभयो । “देश भूकम्प र नाकाबन्दीको पीडामा हुँदा पनि हामीले चन्द्रागिरि केबलकार निर्माणको काम दुई वर्षमै सक्यौँ । तर दुखेसो यो हो कि निर्माण अनुमति प्रक्रिया पूरा गर्न हामीलाई पाँच वर्ष लागेको थियो । काम दुई वर्षमा सकियो तर इजाजत दिन नै पाँच वर्ष लगाइयो । हो हामी व्यवसायीको अहिलेको गुनासो यही हो”, उहाँले भन्नुभयो ।

संयोग पनि यस्तो प¥यो कि त्यो फाइल हेर्ने तत्कालीन वनमन्त्री किरण गुरुङ ९हाल गण्डकी प्रदेशका अर्थमन्त्री० त्यस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले भन्नुभयोे, “हो, त्यस समय म पनि वनमन्त्री थिएँ तर सात महिनामात्र । छोटो समय भएकाले कतिपय अवस्थामा त्यस्तो भयो पनि होला । देशमा लगानीको वातावरण निर्माण गरिदिने व्यवसायीले माग गरिरहेका बेला यो दृष्टान्तले लगानीकर्ता किन सधैँ राजनीतिक स्थिरता र काम गर्ने वातावरण खोज्छन् भन्ने कुरा धेरै हदसम्म खुलायो ।”

ढकालको भनाइ थियो– “देशमा तीन तहका सरकार बनेसँगै आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन राजनीतिक नेतृत्व जागरुक देखिएको छ तर जब काम थाल्ने बेला हुन्छ अनि निजी क्षेत्रले व्यहोर्ने झमेला उही पुरानै देखिन्छ । म जिल्लातिर जाँदा व्यवसायीले गर्ने गुनासो यही हो ।” निजी क्षेत्रको लगानीलाई पनि सरकारले विनालगानीको साझेदारीका रुपमा लिएर मलेसियामा महाथीर मोहम्मदले केही दशकमै ठूलो विकास गरेको दृष्टान्त पेश गर्दै ढकालले नेपालमा पनि सरकारले निजी क्षेत्रलाई जसरी तीनखम्बे अर्थ नीतिको दरिलो खम्बा भनेको छ त्यसलाई व्यवहारमै कार्यान्वयनमा ल्याउन तथा सहज बनाइदिन आग्रह गर्नुभयो ।

बहसका अर्का उद्यमी मीनबहादुर गुरुङ नेपालमा चर्चित भाटभटेनी सुपरमार्केटका संस्थापक हुनुहुन्छ । विसं २०४१ मा काठमाडौँको भाटभटेनीमा रु ३५ हजार लगानीमा एउटा सानो पसलबाट शुरु गरेको व्यवसाय हाल १८ ठाउँमा विस्तार भएको सफलताको कथा सुनाउनुभयो, जुन साना ठूला सबै उद्यमीका लागि प्रेरणामूलक थियो । सञ्चालक शेरचनले उहाँलाई अघिल्ला उद्यमीकै प्रश्न सोध्दै थप्नुभयो– बागलुङवासीले यहाँ पनि भाटभटेनी स्टोर कहिले देख्न पाउँछन् रु

“नेपालमा व्यवसाय गर्नु भनेको फलामका चिउरा चपाउनुजस्तै हो”, गुरुङको यो अभिव्यक्ति लामो र सङ्घर्षपूर्ण उद्यमशीलताको अनुभवको उपज पनि हो । उहाँको आशय नेपालमा काम गर्न सजिलो छैन भन्ने थियो ।

उहाँले परिश्रम, पारदर्शिता र इमान्दारिताले मानिसलाई सफल बनाउने अनुभव सुनाउनुभयो । बागलुङ बजारमा जग्गा मिलाइदिए आफूले १० महिनाभित्रै भाटभटेनी मार्केट ल्याउने वचन पनि उहाँले दिनुभयो । व्यवसायमा धैर्यता र इमान्दारिता अत्यावश्यक छ, उहाँले व्यवसायीलाई सुझाव दिनुभयो ।

त्यहाँ उपस्थित सबैजसो व्यवसायीको गुनासो काम गर्ने संयन्त्र चुस्त हुन नसकेको, निजी क्षेत्रलाई सहज वातावरण अझै बन्न नसकेको र बढी करको भारले साना तथा मझौला उद्योगलाई मार परेको भन्ने थियो । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले भन्नुभयो, “दुई वर्षअघि ८७२ लाग्ने कर अहिले कम्तीमा १२ हजार भएको छ, अनि कसरी गर्न सकिन्छ व्यवसाय रु”

गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङले पुराना नियम कानून त्यति निजी क्षेत्रमैत्री हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “हो, विगतमा बनेका नियम कानूनमा सरोकारवालालाई राख्ने, उनीहरुका सुझाव पनि लिने काम भएन होला, तिनमा संशोधन गर्ने र लगानीमैत्री बनाउने काम हुनेछ ।”

लगानीको वातावरण अहिले पनि छ र भोलि अझै सहज बनाउने काम प्रदेश सरकारले गर्नेछ भन्दै उहाँले लगानीका योजना ल्याउन व्यवसायीलाई आग्रह गर्नुभयो । सांसद डा सूर्य पाठकले राज्य आर्थिकरुपमा किन असफल हुन्छन् ‘ह्वाई नेसन्स् फेल’ पुस्तकको सन्दर्भ प्रस्तुत गर्दै एकै भूगोलका राष्ट्र पनि देशको सिमानामा छुट्टिएसँगै समृद्ध र असफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि देशको आर्थिक विकासका लागि आफ्नो भौगोलिक अवस्थिति र मौलिकताजस्ता पक्षलाई पनि आधार बनाइनु जरुरी छ ।”

उहाँले नेपालजस्तो देशको विकासका लागि साना तथा मझौला उद्योगको स्थापना र प्रवद्र्धन जरुरी छ भन्नुभयो । नेपालको विकासको आधार कृषि र पर्यटन हो र ती क्षेत्रमा साना उद्योग खोलेर उनीहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने नीति राज्यले लिनुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रम हलको अग्र भागमा रहेका उद्योगीलाई आग्रह गर्दै डा पाठकले भन्नुभयो, “तपाईंहरुको राष्ट्रिय उद्यमशीलताको म सम्मान गर्छु, मेरो एउटा आग्रह यो छ कि कम्तीमा एउटा उद्योग बागलुङमा पनि खोलिदिनुहोस् ।” अर्का सांसद देवेन्द्र पौडेलले तीन वटा जिल्ला बागलुङ, पर्वत र म्याग्दीको सदरमुकाम १५ मिनेटको सवारीमा पुगिने र यस्तो भौगोलिक सहजता अरु जिल्लामा उपलब्ध नरहेको भन्दै बागलुङमा लगानीका लागि आग्रह गर्नुभयो ।

देशको एकमात्र शिकार आरक्ष ढोरपाटनमा विदेशी पर्यटक बस्ने होटल नभएकाले त्यहाँ होटल खोल्न उहाँले आग्रह गर्नुभयो । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार पोखराबाट ७२ किलोमिटर पश्चिममा पर्छ । यो विश्वका हिन्दूको धाम मुक्तिनाथ पुग्ने प्रवेशद्वार पनि हो । बागलुङ बजारबाट त्यहाँ पुग्न १२५ किलोमिटर जति पर्छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा स्वीकारिएका पोखरा र मुस्ताङका बीचमा अवस्थित बागलुङ जिल्ला आकर्षक पर्यटकीय गन्तव्य हो ।

देशको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको केन्द्रबिन्दुमा अवस्थित बागलुङमा हुने यस्तो लगानीको बहसले हाम्रा भारत र चीनजस्ता समृद्ध छिमेकीसम्मको पहुँचको ढोका खोलिदिन सक्छ । गण्डकी प्रदेश यी दुवै छिमेकीसम्म भौगोलिक पहुँच पुग्ने एकमात्र प्रदेश हो ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र भारत अर्को विशाल अर्थतन्त्र । यी दुई छिमेकमै साढे दुई अर्ब जनसङ्ख्या छ तर हामी २० लाख मात्र पर्यटक ल्याउन राष्ट्रिय कार्यक्रम बनाएर व्यापक लागिपरेका छौँ । त्यो ठूलो जनसङ्ख्या हाम्रा लागि पर्यटनको मात्र नभएर हाम्रो उत्पादनकै पनि विशाल बजार हो ।

त्यसैले पनि गण्डकी प्रदेशको यो भौतिक पहुँच बागलुङ र सिङ्गो देशका लागि समृद्धिको आधार बन्न सक्छ । व्यवसायीले माथि खोजेको ‘वातावरण’ बागलुङको लागि मात्र होइन । यो उहाँहरुको देशैभरिको व्यावसायिक अनुभवको उपज हो, बागलुङ त यहाँ प्रतिनिधि पात्रका रुपमा मात्र आएको हो । तसर्थ सरकारले आफ्नो समृद्धिको यात्रामा निजी क्षेत्रलाई पनि साझेदारका रुपमा लिएर अघि बढ्ने हो भने संसारको सबैभन्दा मलिलो हाम्रो माटोमा सुन फलाउन कुनै कठिन देखिन्न । यसो भयो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रै पालामा सम्भव छ ।