१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

यस्ता छन् भ्रमण वर्षमा पर्यटकीय संस्थाका अफर

यस्ता छन् भ्रमण वर्षमा पर्यटकीय संस्थाका अफर
अ अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र हैन नेपालमा सङ्गठित तमाम संस्थाले यो अभियानलाई उत्सवकैरुपमा लिएर आफ्ना गतिविधि अघि बढाएको देखिन्छ । कतिपय संस्थाले स्वतःस्फूर्त भ्रमण वर्षको प्रवद्र्धनमा जुटिरहेका छन् । धेरै संस्था सरकारी तथा सार्वजनिक निकायको समन्वय, सहकार्य तथा साझेदारितामा पर्यटन प्रवद्र्धनका काम भइरहेको छ ।

अबको दुई दिनपछि सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न राजनीतिक दलका नेता, व्यावसायिक तथा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता रहनेछ ।

सोही दिन सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा १० भन्दाबढी देशको पर्यटनमन्त्री तथा विशिष्ट पाहुनाका साथै करिब ४० देशका सञ्चारमाध्यमका प्रतिनिधि पनि सहभागी हुँदैछन् । जहाँ ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । भ्रमण वर्षलाई सफल तुल्याउन पर्यटन क्षेत्रका अगुवा सङ्गठनले आफ्ना सेवामा विभिन्न छुट अफर घोषणा गरेका छन् ।

होटल एशोसिएसन अफ नेपाल ९हान० ले भ्रमण वर्षलाई लक्षित गर्दै आफ्ना सदस्य कम्पनीबाट सबै सेवामा ३० प्रतिशत छुट अफरको घोषणा गरी सम्बन्धित होटललाई अनुरोध गरेको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहले भ्रमण वर्षमा विदेशी पाहुनालाई स्तरीय सुविधा उपलब्ध गराउन कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

हानले सन् २०२० मा २५ लाख पर्यटकलाई धान्नसक्ने क्षमता रहेको जनाएको छ । हानमा आबद्ध पर्यटकीय स्थलदेखि पाँचतारे होलटसम्म गरी करिब दुई हजार होटल आबद्ध छन् । सरकारी तथ्याङ्कअनुसार अहिले ४५ हजार श्यया छन् । यस्तै पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल ९टान०ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका साथै संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेको छ ।

सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउन लागेको भ्रमण वर्षले सबै पर्यटन व्यवसायीलाई उत्साहित बनाएको र कार्यक्रमलाई भव्य र सभ्य बनाउन समन्वयतात्मक ढङ्गले आगाडि बढ्ने हानले घोषणा गरेको थियो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षभर आफ्ना सदस्य कम्पनीले सञ्चालन गर्ने सबै पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्न अनुरोध गरिसकेको बताउनुभयो ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले पनि भ्रमण वर्षलाई सफल बनाउन भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यसहित संस्थाले सम्बद्ध ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने घोषणा गरिएको बताउनुभयो ।

नेपाल एशोसिएसन अफ ¥याप्mटिङ एजेन्सिज ९नारा० ले भ्रमण वर्षको अवधिमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । भ्रमण वर्षमा विदेशी पाहुनालाई आफ्ना सेवामा १५ छुटको अफर दिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिनुभयो । नेपाल पर्वतारोहण सङ्घले पनि आफ्ना क्षेत्रमा विशेष छुट दिने बताएको छ ।

त्यसैगरी घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनले भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिनुभयो । देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् । राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा नेपालको पर्यटन प्रवद्र्धनमा सशक्त भूमिका निर्वाह गर्दै आएको प्यासिफिक एशिया ट्राभल ९पाटा० नेपाल च्याप्टरले भ्रमण वर्षलाई सफल बनाउन अन्तरराष्ट्रिय इभेन्ट गर्दैछ । पाटा नेपालले सन् २०२० को फेब्रुअरीमा नाइस कार्यक्रम ९नेपाल भारत चाइना एक्सपो० आयोजना गर्दैछ भने हिमालयन ट्राभल मार्टको चौथो संस्करण पनि गर्नेछ ।

भ्रमण वर्षलाई लक्षित गर्दै प्रवद्र्धनात्मक गतिविधिका साथै पर्यटनमा दक्ष जनशक्ति उत्पादन तथा बजारीकरणलाई संस्थाले प्राथमिकता दिने पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले जानकारी दिनुभयो । ठमेल पर्यटन विकास परिषद्ले पनि भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रम भर्षैभरि गर्ने जनाएको छ । पर्यटन क्षेत्रमा आबद्ध ४० भन्दाबढी संस्था छन् ।