९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीका चारै क्षेत्रमा रास्वपाको अग्रता



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेसम्म क्षेत्र नं १ मा रास्वपाका प्रमोदकुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले दुई हजार ८५६ मत प्राप्त गरेका छन् ।

यस्तै, क्षेत्र नं २ मा रास्वपाका दीपककुमार साहले दुई हजार ९१९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८५८ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ र स्वतन्त्र उमेद्ववार रामआधार कापरले ११४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ४ मा रास्वपाका गौरीकुमारीले ६५१ र जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवले २६९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।