१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–१ मा कांग्रेसका राणाको अग्रता कायमै



अ+ अ-

काठमाडाैँ । ललितपुर क्षेत्र नं १ को बागमती र महाँकाल गाउँपालिकाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा ललितपुर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा २ः३० बजेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राणाले पाँच हजार चार मत प्राप्त गरी अग्रता लिएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले तीन हजार २४३ मत प्राप्त गरेका छन्। त्यस्तै दुई हजार ९२० मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थानमा छन्।

अहिले कोञ्ज्योसोम गाउँपालिकाको मतगणना भइरहेको क्षेत्र नं १ को निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार इशा सुवेदीले जानकारी दिइन्। यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कुल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना प्रत्यासी छन्।