१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकको ३ शाखारहित बैकिङ्ग सेवा बिस्तार



अ+ अ-

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैकिङ्ग सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । आइतबार पौष ११ मा, बैंकले प्रदेश १, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. १० हडियामा ८३ औं शाखारहित बैकिङ्ग  सेवा शुभारम्भ गरेको छ । साथै मंसिर २३ बिहीबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं.८ जुटमिल चोकका ८१ औं शाखारहित र मंसिर २९ बुधबार बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ४ खैलाडमा ८२ औं शाखारहित बैकिङ्ग सेवा शुभारम्भ गरेको थियो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आए संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी जुटमिल चोकका श्री अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी श्री जितेन्द्र चौधरी र हडियाका श्री तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।