१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

‘द लिडर, स्पिच स्टार’ को फाईनल बैशाखमा

‘द लिडर, स्पिच स्टार’ को फाईनल बैशाखमा
अ अ+ अ-

काठमाडौं । कस्मिक मिडिया प्रा.ली.को आयोजनामा सञ्चालित ‘द लिडर, स्पिच स्टार’ को विजेतालाई स्कुटरसहित नगद २० हजार दिईने घोषणा गरिएको छ । टिभी टुडेमार्फत प्रशारित उक्त कार्यक्रमको बारेमा आयोजक संस्थाले आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

आयोजक संस्थाले जारी गरेको विज्ञप्तीअनुसार कस्मिक मिडिया प्रा.ली.ले विगत असारदेखि ‘द लिडर, ‘स्पिच स्टार’ ‘मभित्रको मेरो आवाज’ नामक कार्यक्रमको लागि काठमाडौं उपत्यकाव्यापी अडिसन लिएको हो । विज्ञप्ती भनिएको छ,‘टिभी टुडेमार्फत २०७६ असोजको पहिलो साताबाट प्रत्येक बुधबार राति ९ः०० बजेदेखि ९ः५५ बजेसम्म प्रशारण भैरहेको पनि जानकारी गराउँछौं ।

हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै समाजमा भएका विद्यमान विकृतिहरु अन्त्यको लागि सशक्त आवाज पैदा गर्नु नै हो । यसको लागि हामीले यो कार्यक्रममार्फत समाजको प्रत्येक क्षेत्रको लिडर जन्माउने प्रण गरेका छौं । सोहीअनुसार अहिले उक्त कार्यक्रमको १३औं एपिसोड सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । यहाँसम्म आईपुग्दा सबै महानुभावहरुबाट न्यानो साथ र समर्थन पनि पाएका छौं ।’

कार्यक्रम निर्माता तथा संस्थापक रमेश पोखरेलले उक्त कार्यक्रममा विशेषतः कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराईएको जानकारी दिए । ‘युवा पुस्ताबाटै समाजको सशक्त आवाज जन्माउन सकिने उद्देश्यले हामी स्कुल र प्लस टुमा बढि केन्द्रित भएका हौं । उनीहरुको प्रस्तुति हेर्दा हामी मोटामोटी आफ्नो कार्यक्रमको उद्देश्यमा सफल भैसकेका छौं । यो कार्यक्रमबाट छानिएका आवाजहरु भोलिका दिनमा समाजलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनको लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्नेमा हामी पूर्ण विश्वस्त छौं ।’–उनले भने ।
उनले आफूहरुले राजनीतिक रुपमा नेता जन्माउने नभई समाजको लिडर जन्माउन लागेको स्पष्ट पारे । उनले भने,‘समाजको लिडरले नै भोलिका दिनमा जनताको मन र मत जितेर नै देशको लागि पनि सशक्त नेतृत्वदायी भूमिका खेल्ने कुरा म यहाँहरुसमक्ष विश्वास दिलाउन चाहन्छु । हामीले उत्पादन गरेका लिडर काठमाडौंमा बस्ने छैनन् । बरु, उनीहरु गाउँ गाउँ र टोल टोलमा आवाज उठाउने हुनेछन् । सुख, सयलमा खुशी भन्दापनि जनताको सेवा गर्दा उनीहरु खुशी हुनेछन् । देश रुपान्तरणको लागि धेरै नेताहरु यो माटोले पाईसकेको छ । तर, समाजको आवाज उठाउने नेताहरु भने अहिलेसम्म हामीले पाउन सकेका छैनौं । यही कार्यक्रममार्फत हामी समाजको आवाज सशक्त र प्रभावशाली रुपमा उठाउने लिडर जन्माउने प्रण गर्दछौं ।’

आयोजकका अनुसार उक्त कार्यक्रमको फाईनल आगामी बैशाखको पहिलो हप्तातिर सम्पन्न गर्नेगरि तयारी छ । पोखरेलले भने,‘अहिले अडिसनहुँदै हामी क्वार्टरफाईनलको चरणमा आईपुगेका छौं । यहाँसम्म आईपुग्दा ४० जना प्रतिष्पर्धीहरु क्वाटरफाईनलमा हुनुहुन्छ । उहाँहरुमध्येबाट अब २८ जना सेमिफाईनलमा प्रवेश गर्नुहुनेछ । फाईनलमा १५ जनाबीच प्रतिष्पर्धा हुनेछ । तीमध्येबाट यो समाजले एक जना लिडर पाउनेछ ।’
प्रतियोगितामा ख्याँतिप्राप्त मोटिभेश्नल स्पिकर महेश अर्याल, लेखक तथा पत्रकार गीता मैनाली, शिक्षण पेशामा चार दशक समय बिताएका भरत देवकोटाको निर्णायकको भूमिका रहेको छ । उक्त प्रतियोगितामा सुदर्शन नेपालीको निर्देशन रहेको छ । प्रतियोगिताको उद्घोषण भने मिन तामाङले गर्दै आएकी छिन् ।

आयोजकका अनुसार प्रतियोगिताका प्रथम विजेताले स्कुटरसहित नगद २० हजार, दोस्रो विजेताले ल्यापटपसहित नगद १५ हजार र तेस्रो विजेताले मोवाईलसहित १० हजार नगद पाउनेछन् । फाईनल प्रतिष्पर्धीहरुले उनीहरुले चाहेको आईटी प्रशिक्षण निःशुल्क प्रदान गरिनेछ ।
पोखरेलले विकासको नाममा प्रत्येक वर्ष अत्यधिक मात्रामा बजेट आउने गरेको सुनाए । तर, विकास हुन नसकेको उनको गुनासो छ । ‘हामीले यस कार्यक्रममार्फत नेता उत्पादन गर्ने हैन् । हमी विभिन्न क्षेत्रमा सामाजिक लिडर उत्पादन गर्न यो कार्यक्रमलाई संचालनमा ल्याएका हौँ । भरपुर समय नभएको कारण हामी कार्यक्रमलाई उपत्यकाबाहिर लान सकेका छैनौं ।’–उनले भने । उनकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट प्रतिस्पर्धी मात्र छानिएको छ । उनले आगामी दिनमा कार्यक्रमको नयाँ संस्करणमा देशभरिबाट प्रतिस्पर्धी ल्याउने पनि जानकारी दिए ।

त्यस्तै कार्यक्रममा कार्यक्रमका निर्देशक सुर्दशन नेपालीले प्रत्येक क्षेत्रमा भइरहेको सामाजिक विकृतिहरुलाई न्यूनीकरण गर्न उक्त कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । ‘हामीले कक्षा १०, ११ र १२ का विधार्थीलाई अगाडी बढाउनको लागि यो कार्यक्रम सञ्चालन भएको छ ।’–उनले भने । क्षेत्रीय ठाउँमा समस्या धेरै छ । यसलाई कसैले नदेखेको कारण नयाँ लिडरसिपको आवश्यता रहेको बताए ।

त्यस्तै कार्यक्रममा उक्त प्रतियोगिताका निर्णायक भरत देवकोटाले युवा वर्गमा लुकेको क्षमतालाई उजागर गर्न कार्यक्रम सञ्चालन गरिएको बताए । उक्त कार्यक्रममार्फत थुप्रै युवालाई अवसर प्राप्त हुने समेत उनले विश्वास दिलाए । उनले भने,‘कस्मिक मिडियाले धेरै दुःख कष्ट भोगेर कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रमले विभिन्न अवसर सिर्जना गर्नेछ ।’ उक्त कार्यक्रमलाई शहरभित्र मात्र केन्द्रित नगरी यसलाई देशको हरेक कुनामा केन्द्रित गर्ने पनि उनले जनाए ।

त्यस्तै कार्यक्रममा अर्का निर्णायक गीता मैनालीले लिडरसिप बेसबाट निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएकी छिन् । उनले समाजको आवाज युवा वर्गको माध्यमबाट ल्याउने पनि स्पष्ट पारिन् मैनालीले भनिन्,‘यसले ग्रास रुटबाट लिडर बनाउने अवसर प्राप्त भएको छ ।’
त्यस्तै कार्यक्रममा अर्का निर्णायक महेश आचार्यले कार्यक्रमको नजिकबाट आबद्ध रहेर काम गरिरहेको बताए । उनले राम्रो बाटोलाई उजागर गर्न कार्यक्रमले मूख्य भूमिका खेल्ने बताए । उनले भने,‘हामीले समाजमा सकारात्मक सन्देश दिनको लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ । द स्पिच स्टारले प्रतिस्पर्धीलाई सामाजिक घटनासंग सम्बन्धित विषयमा केन्द्रित भएर कार्यक्रम संचालन गरिरहेको छौं ।’