१० मंसिर २०८१, सोमबार
,
Latest
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’ एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र रुकुम पश्चिममा छोराद्वारा बुबाको हत्या जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्षको जोडताड तयारी, आन्तरिक र बाह्य पर्यटकलाई ३० प्रतिशत सम्म छुट



अ+ अ-

सिन्धुपाल्चोक । नेपाल भ्रमण वर्ष २०२० मा सिन्धुपाल्चोकको पर्यटकीय स्थलहरूमा घुम्न आउने स्वेदशी र विदेशी पर्यटकहरूलाई लक्षीत गरेर होटल तथा अन्य सबै सेवा सुविधामा ३० प्रतिशत छुट हुने भएको छ । भ्रमण वर्ष सफल बनाउन र जिल्लामा अधिकतम पर्यटकहरू आउने वातवरणका लागि एक सातासम्म जिल्लामा सञ्चालित होटल तथा रिसोर्टहरूमा यस्तो छुट दिने निर्णय भएको जिल्ला स्तरीय भ्रमण वर्ष सचिवालका संयोजक एवम जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

‘स्वेदशी र विदेशी पर्यटकका लागि लक्षित गरेर भ्रमण वर्षको सुरुवात १–७ जनवरीसम्म जिल्लाका सबै होटल रिसोर्टहरूमा यो व्यवस्था अनिवार्य गर्न हामीले आग्रह गरेका छौं, सबै होटल व्यवसायीहरू यसमा सहमत भएका छन्,’ प्रमुख तामाङले भने । जिल्लामा सञ्चालित होटल, रिसोर्ट सञ्चालकहरूको बैठकले यस्तो निर्णय गरेको र यो प्रभावकारी रूपमा लागू गर्न लागि अनुगमनसमेत गरिने तयारी गरिएको छ ।

होटलमा मात्रै होइन, जिल्लामा खेलिने, बन्जीजम्प, र्याफिटिङ, कायकिङ, तातोपानी स्नानलगायतमा पनि पर्यटकहरूले यो सुविधा पाउनेछन् । पर्यटकलाई आकर्षित गर्न जिल्लामा रहेका विभिन्न जाति विशेषका मौलिक कला र सांस्कृतिक प्रस्तुतीसमेत एक सातासम्म जिल्लाका होटल तथा रिसोर्टमा सञ्चालन गरिने गरी व्यवस्था गरिएको पर्यटन व्यावसायी मिलन तामाङले जानकारी दिए ।

‘सबै होटलमा यो सम्भव नहुन सक्छ, सुकुटे आसपासमा सञ्चालन भएका रिसोर्टहरूमा भने यो व्यवस्था सुरुवात गर्न लागिएको छ,’तामाङले भने । एक सातासम्म होटलहरूले दिने छुटको जानकारी दिन होटलको प्रवेशद्वारमै यो जानकारीसहितको सूचना राख्न जिल्लास्तरीय भ्रमण वर्षको मूल सचिवालयले सबैलाई अनुरोध गरेको छ । राजधानी दैनिकबाट