१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

बिआरआईबाट के लाभ लिने हामीले तय गर्ने हो: डा. महत

बिआरआईबाट के लाभ लिने हामीले तय गर्ने हो: डा. महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ सरकारको बिआरआइ आयोजनाबाट बढी भन्दा बढी लाभलिने योजनाहरु हामीले बनाउनुपर्छ भन्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा डा.महतले भने–बिआरआई विशाल आयोजना हो, यसबाट नेपाल पनि बढीभन्दा बढी लाभान्वित हुनुपर्छ र नेपालको आफ्नो आवश्यकता बमोजिमको मोडालिटी बनाएर लाभ लिने हामीले नै हो ।

पूर्वमन्त्री डा.महतले तर पनि नेपालमा बिआरआइ भनेको रेल र सडक मात्र हो भन्ने बुझाई रहेको बताउँदै यो मानसिकताबाट पर गएर हामीले यस आयोजनामार्फत बढी भन्दा बढी लगानी भित्र्याउनुपर्ने बताए । हाम्रो अहिलेको पहिलो प्राथमिकता भनेको चीनबाट नेपालको कनेन्टिभिटीमा लगानी हो उनले भने । डा महतले भने– हुनत हामीलाई रेल पनि आवश्यक हो तर पनि अहिले नै रेल आयोजना लगानीका हिसाबले त्यति सान्दर्भिक नरहेकोले सडक सञ्जाल नै अहिलेको हाम्रो पहिलो आवश्यकता हो ।

यस्तै राष्ट्रिय आवश्यकताको पहिचान गरी यस आयोजनाअन्तर्गत पर्ने लगानी, व्यापार, कनेक्टिभिटीजस्ता क्षेत्रमा नेपाल सरकारले योजना बनाइ फाइदा लिन सक्नुपर्ने उनले बताए । उनले आफू परराष्ट्रन्त्री भएको बेलामा यस आयोजनामा हस्ताक्षर गरेको स्मरण गर्दै भने– उक्त आयोजनाको ड्राफ्ट चीन सरकारले हामीलाई पठायो, हामीले पनि नेपालको आफ्नो स्वार्थ, राष्ट्रिय आवश्यकता र प्राथमिकताको पहिचान गरेर चीनलाई संशोधन नोट पठायौँ र चीनलाई यस विषयमा ‘कन्भिन्स’ गरेपछि अनि सो आयोजनामा हस्ताक्षर गरिएको उनले बताए ।

यस आयोजनालाई नेपालले लाभ लिन सक्ने बनाउन र हाम्रो आफ्नो आवश्यकताको बारेमा राख्न आफूले उक्त आयोजनाको ड्राफ्टमा निकै मेहनेत गरेर काम गरेको उनले बताए । डा.महतले भने– वर्तमान सरकारले बिआरआइबाट के लाभ लिने भन्ने विषयमा नेपालमो दीर्घकालीन हितमा हुनेगरी चाँडै योजना बनाओस र यसबाट नेपालमा बढी भन्दा बढी लगानी भित्र्याओस् । चीनसँगको नेपाली काँग्रेसको सम्बन्ध राम्रो रहेको उनले बताए । उनले भने– यो कुरा विपी कोइरालाले उतिबेलै बुझ्नुभएको थियो र चीनसँग त्यस समयमै राम्रो सम्बन्ध राख्नुभएको थियो।