१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा उच्च अङ्कको गिरावट, दुई कम्पनीको शेयरमा सर्किट



अ+ अ-

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर दुई हजार ५२१.६५ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.८५ अङ्कले ओरालो लागी ४७१.८९ मा ओर्लेको छ ।

कूल २३८ कम्पनीको एक करोड दुई लाख ९२ हजार २२६ कित्ता शेयर रु पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ ।

नेप्सेका अनुसार बैंकिङ २७.११, व्यापार ६८.२, होटल तथा पर्यटन ४२.०३, विकास बैंक १७३.५६, जलविद्युत् १०८.५५, वित्त ७०.६१, निर्जीवन बीमा ६१८.४४,उत्पादन ११६.६१, अन्य ९३.३, लघुवित्त ११९.२, जीवन बीमा २९०.७२, सामूहिक लगानी कोष ०.०१ र लगानी ३.०३ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड ६० लाख ९९ हजार २०२ बराबरको कारोबार भयो ।

शिवम् सिमेन्ट रु २६ करोड ३७ लाख १२ हजार ८८१, नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ९७ लाख ९७ हजार ९१३, हिमालयन डिस्टिलरी रु २१ करोड ४१ लाख १९ हजार ३०१ र महालक्ष्मी विकास बैंक रु १८ करोड ३५ लाख ६५ हजार २०२ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

समालिङ पावर ५.९२, सानिमा लार्ज क्याप फण्ड ३.७५ र मेगा बैंकका शेयरधनीले २.७० प्रतिशतले कमाए । जोशी हाइड्रोपावर ८.५४, घलेम्दी हाइड्रोपावर ८.२१, सानिमा जनरल इन्स्योरेन्स ७.१७, जानकी फाइनान्स ७.१७ र गुडविल फाइनान्सका लगानीकर्ताले ६.९७ प्रतिशतले गुमाए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३२ करोड ५१ लाख ७७ हजार ८३५ बराबर पुगेको छ ।