१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक सहिष्णुता राखेर समृद्धिमा लागौँ: मन्त्री रावल



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई आग्रह गरेका छन् । नववर्ष सन् २०२० को पूर्वसन्ध्यामा इसाई समाज सुर्खेतद्वारा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश नेपालमा विविधताभित्र एकता कायम भएको बताए ।

मुलुक धर्मनिरपेक्ष भइसकेकाले विभिन्न धर्ममा आस्था राख्ने सबै समुदायका नागरिकलाई धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै देश विकासमा लाग्न उनले आग्रह गरे । “कर्णाली प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को लक्ष्य हामी सबै धर्म सम्प्रदायका मिलेर पूरा गर्नुपर्छ”, मन्त्री रावलले भने, “यो ख्रिष्टमस पर्वले हामी सबैलाई एक भएर काम गर्ने प्रेरणा मिलोस् ।” नयाँ वर्षको नयाँ ऊर्जाले कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने उनले जिकिर गरे ।

इसाई धर्मगुरु रेभरेण्ड डा बालकृष्ण शर्माले धर्म र संस्कृतिले चरित्रवान एवं निष्ठावान व्यक्ति निर्माण हुने बताए । डा शर्माले भने, “खराब कुराको जरा मानिसको हृदयमा भएको पाप हो । जसले मानवबीच हिंसा, विवाद, द्वन्द्व ल्याएको छ ।” तीर्थ तथा दानले उद्धार र मुक्ति पाउन नसकिने भन्दै संसारका दीन, दुःखी र अप्ठ्यारोमा परेकाहरुका सहयोगी बन्न उनले सबैलाई आग्रह गरे। इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ड पास्टर पदम गैरेले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राज्यमा सबै धर्मावलम्बीलाई समान व्यवहार गरी असल संरक्षकको भूमिका निर्वाह गर्न अनुरोध गरे ।