९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्षको लोगो टिपर र ट्रकमा पनि टाँसियो



अ+ अ-

काठमाडौँ । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय टिपर तथा ट्रक दुर्घटना बढ्दै गएको भन्दै यसलाई न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारको नेतृत्वमा शुरु भएको भ्रमण वर्षलाई सफल बनाउन चालिएको कदम सराहनीय भएको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नं ३ का संयोजक धर्म रिमाल, समितिका अध्यक्ष रामकुमार चापागाईँलगायतले देशभर रहेका सबै टिपर तथा ट्रकमा भ्रमण वर्ष अङ्कित लोगो टाँसिने बताए ।