१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामै दोस्रो शक्तिका रुपमा देखापरेको छ : मन्त्री बाँस्कोटा



अ+ अ-

कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता’ को आज उद्घाटन गर्दै उहाँले खेलकुद क्षेत्रका प्रतिभाहरुको खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सुन्दर सुदूरपश्चिममा मनोरम पर्यटकीय क्षेत्रहरु रहेकाले यसको अध्ययन र अनुसन्धान हुनुपर्नेमा जोड दिदैं कृषि, पर्यटन र जडीबुटीको भण्डारका रुपमा रहेको सुदूरपश्चिम क्षेत्रको समृद्धि यसबाटै हुन सक्ने बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाह्रसिङ्गा, सैपाल हिमाल, खप्तड लगायतका पर्यटकीय क्षेत्र सुदूरपश्चिम क्षेत्रमा नै पर्दछन् । “पर्यटकलाई यहाँसम्म पु¥याउनका लागि भौतिक पूर्वाधारसँगै सहज रुपमा घुम्ने वातावरण कायम गरिनुपर्छ”, उहाँले भन्नुभयो, “ऋषिमुनिहरुको चिन्तनको थलो र जडीबुटीको खानी खप्तडको विकास गरिनुपर्छ र यसका लागि सरकार प्रतिबद्ध छ ।”