१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

सभामुखमा ओली प्रचण्डबीच कुरा मिलेन, भोलिको संसद बैठक ११ दिन सर्ने

सभामुखमा ओली प्रचण्डबीच कुरा मिलेन, भोलिको संसद बैठक ११ दिन सर्ने
अ अ+ अ-

काठमाडौँ । सभामुखमा कसलाई सिफारिश गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डबीच आज पनि सहमति हुन नसकेको समाचार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच करिब तीन घन्टा कुराकानी भएको थियो । तर सो विषयमा सहमति भने हुन नसकेको स्रोतको दाबी छ ।

आज बिहान सभामुखको उम्मेदवार टुंगो लगाउनेबारे उहाँहरुबीच बालुवाटारमा छलफल भएको थियो, तर पनि उक्त छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुबै अध्यक्षले यसबारे थप छलफल गर्ने बताएका छन् समाचार स्रोतले भन्यो । समाचार स्रोतका अनुसार सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी दुबै पक्षले दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्वमाओवादी पक्षधरले भने स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई बनाउनुपर्छ भनिरहेका छन् । जसका कारण सहमति हुन नसकेको हो ।

आजको बैठकमा कुनै टुंगो नलागेपछि भोलिका लागि डाकिएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँसेर कम्तीमा ११ दिनका लागि स्थगित हुने भएको छ ।

सभामुखको विषयमा पार्टीले निर्णय गर्न नसक्दा यो बैठक भोलि लगातार दोस्रो पटक पनि सूचना टाँसेर स्थगित हुन लागेको संसद सचिवालयको स्रोतले बताएको छ । संसद सचिवालयको उक्त स्रोतका अनुसार अर्को बैठक पुस २७ गते बस्नेगरी कार्यक्रम तय गरिएको छ ।