२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल



अ+ अ-

 

बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

अब नेपालले उपाधिका लागि भोलि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

आजै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेको हो ।