१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

बिहानको पहिलो घामको झुल्कोसँगै नगरकोटबाट भ्रमण वर्षको भव्य स्वागत

बिहानको पहिलो घामको झुल्कोसँगै नगरकोटबाट भ्रमण वर्षको भव्य स्वागत
अ अ+ अ-

भक्तपुर । आज सन् २०२० जनवरी १ बिहान ५ बजेदेखि नै नगरकोटको बतासे डाँडामा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्यो । अध्याँरो मै बत्तीको उज्यालोमा नेपाल भ्रमण वर्षको भव्य स्वागत शुरु भयो ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा भएको भ्रमण वर्षको उद्घाटन कार्यक्रममा झिसमिसेमै नगरकोटको बतासे डाँडा भरिएको थियो ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहदुर विश्वकर्मा, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेश नं ३ का प्रदेशसभा सदस्य सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाइबा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत नेपाली सेनाको टुकडी र विभिन्न निकायबाट आएका व्यक्तिले भ्रमण वर्षको भव्य स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्री विश्वकर्माले नेपालको झण्डा झण्डोत्तोलन गर्दै सरकारले शुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो स्वागत नगरकोटबाट गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आज नगरकोटको पहिलो घामको झुल्कोसँगै भ्रमण वर्षको स्वागत र शुरु गरेको बताउँदै यो भ्रमण वर्षलाई भव्यरुपमा सफल पार्नुपर्ने बताउनुभयो ।

मन्त्री विश्वकर्माले भन्नुभयो, “सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु भएको छ, हामी नगरकोटबाट स्वागत गरिरहेका छौँ, देशभर भव्य प्रचारप्रसार गर्दै विदेशी अतिथिलाई स्वागत गर्न आतुर छौँ, पर्यटन व्यवसायीले पर्यटकका लागि आकर्षक प्याकेज ल्याएर सेवा दिनुपर्छ ।”

नयाँनयाँ पर्यटकको गन्तव्य पहिचान गर्दै त्यसको विकास गरी पर्यटकलाई नेपालको सुन्दरता देखाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुर अथाह पर्यटकीय सम्भावना बोकेको जिल्ला भएको बताउँदै नगरकोट, चाँगुनारायण, मूलाकोटगढी, सूर्यविनायक, रानीकोट, घ्याम्पेडाँडा लगायतका क्षेत्र पर्यटकका लागि आकर्षणको क्षेत्र भएको बताउनुभयो ।

उहाँले भक्तपुरको भ्रमणमा आउने पर्यटकलाई चारवटै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गराउने गरी रुट तयार पारेर प्योकजमा पर्यटकको बसाई लम्ब्याउने कार्यक्रम अगाडि सार्नु आवश्यक रहेको बताउनुभयो ।

सरकारको अभियान भ्रमण वर्षलाई नगरकोटबाट स्वागत गरेको बताउँदै पर्यटक भक्तपुर आएपछि सबै नगरपालिकाको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोडदिनुभयो ।

कार्यक्रमा चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले नगरकोटमा आउने पर्यटकका लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक सबै तयारी गरेको बताउँदै व्यवसायीले पनि विशेष प्याकेज अघि सारेको बताउनुभयो ।

नयाँ वर्षसँगै भ्रमण वर्षको अवसरमा भएको कार्यक्रममा हिमाली दृश्यावलोकन गर्ने र सूर्योदय हेर्नेको भीड थियो भने कार्यक्रममा नेपाली सेनाले विगुल फुक्नुका साथै हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । त्यसैगरी विभिन्न साँस्कृतिक कार्यक्रम गर्नुका साथै झण्डोत्तोलनसमेत गरिएको थियो ।