• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

राणाकाल जस्तो फसाउदैनौ, शंका गर्नु हुदैँन : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका उपशंका नगर्न उपयुक्त नहुने बताउनुभएको छ ।

राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उहाँले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वय हुने बताउनुभयो ।

कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै उहाँले कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ की भनेर आशंका नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘कार्यान्वयनको तहमा नै नआइ हामीले शंका आशंका पूर्व अनुमान गर्नु उपयुक्त नहोला । कतिपय कानुन कार्यान्वयन गर्दै जाँदा केही समस्या पनि आउन सक्छन् त्यसैले संशोधनमा लाने पनि गरेका छौँ । तर कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ की ? भन्ने आशंका नगर्न आग्रह गर्दछु ।’’

अर्थमन्त्री खतिवडाले संविधानमा भएको मैलिक हक, गोपनियताका हकसम्बन्धि व्यवस्थाहरुलाई प्रतिकुल असर पर्नेगरी कानुन नबन्ने दाबीगर्नुभयो

लोकतान्त्रीक विधिबाट जननिर्वाचित सांसदहरुले बनाएको सरकारले बनाएका कानुन प्रयोग गर्ने विधि पनि लोकतान्त्रिक नै हुने भन्दै उहाँले भन्नुभयो, ‘‘कानुनमा राम्रा दफा भएर मात्रै हुँदैन् । त्यसलाई प्रयोग गर्ने सरकारले आफ्नो विवेक कसरी गर्छ । कति लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्छ त्यसमा ति कानुननका दफाको प्रयोग सुनिश्चित हुन्छ ।’’

सरकारले मौलिक हकलाई सुरक्षित र सुव्यवस्थित गर्न कानुन बताउँदै खतिवडाले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्नेतर्फपनि सबैले ध्यान दिनुपर्ने बताउनुभाये । ‘आफ्नो प्रयोग गर्दा अर्को नागरिकलाई हानी नोक्सानी नहोस् । सामाजिक सद्भाव नखल्बलियोस र राष्ट्रिय सुरक्षामा आँच नपु¥याओस भन्ने हिसाबले मौलिक हक भित्र नागरिकका दायित्व पनि त हुँदा हुन् ।’, उहाँले भन्नुभयो ।

प्रतिपक्षि दलका सांसदहरुले विरोधीलाई फसाउन कानुन ल्याएको बताइरहँदा खतिवडाले लोकतान्त्रिक प्रकृयामा त्यस्तो नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

अहिलेको अवस्थामा कसैले कसैलाई चाहेर पनि फसाउन सक्ने अवस्था नभएको र कुनै कालखण्ड (राणाकाल) मा जस्तो विरोधी फसाउने पो होकी भन्ने आशंका नगर्न उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।