२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी



अ+ अ-

 

काठमाडाैँ । इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दाहरूलाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाँउमा जान आग्रह गर्दै आदेश वारी गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताउनु भएको छ ।

निकासी आदेश जारी हुने अधिकाशं स्थान लेबनानका दक्षिणी भेगका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको जनाइएको छ ।

यस अघि लेबनान सरकारले सोमबार हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

आक्रमणमा सर्वोच्च इरानी नेता अली खमेनीको हत्या भएकोे बदलामा सोमबार इजरायलमा प्रहार गरे पछि निकासी आदेश जारी गरेको जनाइएको छ ।

इजरायलले सोमबार बेरुतको दक्षिणी उपनगरहरू र दक्षिण लेबनानका दर्जनौं गाउँहरूमा बम प्रहार गरेको छ भने बदलामा भयानक आक्रमणको सामना गर्नु पर्ने चेतावनी दिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४९ जना घाइते भएको जनाएको छ ।