• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

पेट्रोलियम पदार्थको मूल्य वृद्धि



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ वृद्धि भएको छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाएको हो।

मूल्य समायोजनपछि पेट्रोलको मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा प्रतिलिटर १११ रुपैयाँ र पोखरा र दाङमा प्रतिलिटर ११० रुपैयाँ ५० पैसा तथा अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगरधनुषा, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीु) मा १०९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावतै रहेको जनाइएको छ। नयाँ मूल्य पुस १६ गते रातिदेखि नै लागू हुने निगमले जनाएको छ। यस्तै, डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा १०० प्रतिलिटर, पोखरा, दाङ्गमा ९९.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा ९८.५० प्रति लिटर का’यम गरिएको छ ।