• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

२५ हजारमाथिका बिल सार्वजनिक गर्नुपर्ने नियम, मन्त्रिपरिषद् कार्यालयद्वारा थालनी



प्रधानमन्त्री तथा परिषद्को कार्यालयले पूर्वनिर्णयअनुसार २५ हजारमाथिका बिलको विवरण सार्वजनिक गर्न सुरु गरेको छ । बुधबार ६ वटा बिल वेबसाइटमा राखिएका छन् । सरकारी कार्यालयहरूले २५ हजारमाथिका बिल वेबसाइटमार्फत ७२ घन्टा सार्वजनिक गर्नुपर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा भएको निर्णय वर्तमान सरकार गठनसँगै बन्द गरिएको थियो ।

बुधबार दिउँसो १ बजेर २३ मिनेटमा गाडीमर्मत, पत्रपत्रिका खरिद, खाजा खर्च र अन्य सामान खरिदका ६ वटा बिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको छ । आधा घन्टाको अवधिमा बिलहरू सार्वजनिक गरिएका हुन् ।

अन्य मन्त्रालय, आयोग तथा कार्यालयहरूले भने अझै बिल सार्वजनिक गरेका छैनन् । सरकारी कार्यालयमा हुने अपारदर्शी खर्च नियन्त्रण गर्ने उद्देश्यसहित २५ हजार माथिका सरकारी बिल सार्वजनिक गर्ने निर्णय गरिएको थियो ।