९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धनका लागि हात्तीको पिकनिक !



अ+ अ-

सौराहा । ‘हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको हात्ती महोत्सवमा हात्तीको पिकनिकको आयोजना गरिएको छ । हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको हो । सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हात्तीका विभिन्न गतिविधिमध्ये हात्ती वनभोज एक हो । हात्तीलाई काममा मात्रै लगाइँदैन । मीठोमठो खानेकुरा पनि खुवाइन्छ भन्ने सन्देश दिन हात्तीका लागि वनभोज गराइएको हो, हात्ती महोत्सवअन्तर्गत हात्ती खेलकुद समितिका संयोजक अन्जन पाण्डेले भने ।

हामी हात्तीलाई यातना दिएर होइन मीठामीठा खानेकुरा खुवाएर फकाइफकाई काममा लगाउँछौँ भन्ने सन्देश हात्ती वनभोजले दिएको छ, हात्ती महोत्सव आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने, एउटा हात्तीलाई २५ किलोका दरले खानेकुरा खुवाएर पिकनिक गराइएकोे छ । हात्तीलाई मनपर्ने खानेकुरा उखु, सुन्तला, केरा, गाजरलगायतका फलफूल र धान, भेली, नुन, चनालाई परालमा बेरेर बनाइने कुची दिएर हात्तीको वनभोज गरिएको हो । वनभोज कार्यक्रममा चितवनमा रहेका ८५ वटा हात्ती सहभागी गराइएको छ ।

सौराहाको निजी क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीलाई हात्ती वनभोजमा सहभागी गराइएको थियो । हात्तीका लागि आयोजित पिकनिक कार्यक्रम पर्यटकका लागि आकर्षण मानिएको छ । पर्यटन वर्ष २०२० को पहिलो दिनमै भएको हात्ती पिकनिक कार्यक्रमले पर्यटक तान्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ, घिमिरेले थप्दै भने, हात्ती पिकनिक पछिल्लो समय पर्यटकले मन पराइरहेकाले हेर्नेको घुइँचो बढेको छ ।

यसैबीच हात्ती पिकनिकको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमका बीच हात्तीलाई खाना खुवाएर उद्घाटन गरे । नगरप्रमुख वनले नेपालको पर्यटन प्रवद्र्धनमा हात्तीको भूमिका उल्लेखनीय रहेको बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले हात्ती हाम्रै साथी हो र उसलाई पनि माया गर्नुपर्छ भनेर हात्ती पिकनिक कार्यक्रम आयोजना गरिएको बताए । गोरखापत्र दैनिकबाट