२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
अ अ+ अ-

काठमाडाैँ । मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि शुरु हुने माध्यमिकी यात्रा केवल शारीरिक पदयात्रा मात्र नभई एक गहिरो आध्यात्मिक अनुभव पनि हो ।

श्रद्धालु भक्तजनहरूकाअनुसार यो परिक्रमाले जीवनमा सफलता र मानसिक शान्ति प्रदान गर्दछ । परिक्रमाको इतिहास केलाउँदा अयोध्या र वृन्दावनको परिक्रमाको परिकल्पनालाई पछ्याउँदै यसको शुरुवात गरिएको पाइन्छ । विशेषगरी २०१६ सालमा अयोध्याबाट आएका मौनी बाबाले यसलाई व्यवस्थित बनाएका थिए । अहिले यो एक ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा स्थापित भइसकेको छ ।

भक्तजनहरूले यस परिक्रमालाई भगवान गणेशले आफ्ना माता–पिता (शंकर र पार्वती) को परिक्रमा गरेर प्राप्त गरेको प्रथम पूज्य स्थानसँग तुलना गर्छन् । यसले समाजमा आमा र बुवाको महत्वलाई पनि उजागर गर्दछ । यसरी मिथिला मध्यमिकी परिक्रमाले धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र व्यक्तिगत आध्यात्मिक शुद्धीकरणको सन्देश प्रवाह गरिरहेको छ ।

१५ दिनसम्म चल्ने यो यात्रामा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । अठारौँ शताब्दीदेखि मिथिला मध्यमा परिक्रमाको शुरुवात भएको मानिन्छ । परिक्रमा १५ औँ दिन जनकपुरधाम पुगेर अन्तगृह परिक्रमा गरेसँगै मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ । परिक्रमामा मन, वचन र कर्मसमेतले सहभागी भएमा अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने जनविश्वास छ ।