१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेको फेसबुक पेज ह्याक प्रयासपछि लक



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनाधिकृत पहुँच बनाउने प्रयास भएको छ।

पार्टी सचिवालयले आज विज्ञप्ति जारी गर्दै आज बिहानैदेखि बाह्य व्यक्तिहरूले पेज ‘ह्याक’ गर्ने प्रयास गरेको जनाएको हो।

सचिवालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त फेसबुक पेज हाल ‘मेटा’द्वारा लक गरिएको छ। पेज पूर्ण रूपमा सुरक्षित भई पार्टीको नियन्त्रणमा नआएसम्म कुनै पनि नयाँ सामग्री पोस्ट नहुने स्पष्ट पारिएको छ।

पार्टीले पेजबाट कुनै शंकास्पद पोस्ट, सन्देश वा लिंक सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न आग्रह गरेको छ। फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको पनि सचिवालयले जनाएको छ।

आधिकारिक जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइट तथा प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन अनुरोध गरिएको छ।